जयप्रकाश मल्लद्वारा स्थापित कुमारी काेलकाे पुनर्निर्माण, मेयर शाक्यद्वारा उद्घाटन

जयप्रकाश मल्लद्वारा स्थापित कुमारी काेलकाे पुनर्निर्माण, मेयर शाक्यद्वारा उद्घाटन

मेट्रो संवाददाता

३ माघ २०७८ १५:५७

एउटा स्वस्थ व्यक्तिको हजारौं सपना हुन्छन् तर विरामीहरुको एउटै मात्र सपना हुन्छ त्यो हो स्वस्थ हुनु ।
बजारमा पाउने सम्पूर्ण ट्रान्स फ्याट भएको तेललाई भान्सामा प्रतिवन्ध लगाएको खण्डमा ९० प्रतिशत रोगबाट छुटकारा पाउने डा. दिलजान मन्सुर ‘कर्ट’ले हालै एउटा टेलिभिजन इन्टरभ्यूमा भन्नुभएको थियो ।

उहाँले उक्त इन्टरभ्यूमा कोलमा पेलेको शुद्ध तोरीको तेल बाहेक अरु सबै ब्राण्डको तेलमा ट्रान्स फ्याट हुने बताउनुभएको थियो ।

ट्रान्स फ्याट तथा मिसावत तेलले हुने स्वास्थ्यमा हुने हानीलाई मध्यनजर राखेर काठमाडौंको मुटु झोछेँमा एउटा मल्लकालीन परम्परागत तोरीको तेल उत्पादन गर्ने कोललाई जिवन्त दिइएको छ ।

२०७२ सालको विनासकारी भूकम्पबाट क्षति भएको उक्त कुमारी कोल पुनर्निर्माणका लागि नगरपालिकाबाट १ करोड ६१ लाख ८५ हजार बजेट विनियोजन गरिएको थियो ।

काठमाडौं महानगरपालिका, हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्मित उक्त मल्लकालिन कोलको २०७६ साल फागुन २० गते काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले जगसाइत गर्नुभएको थियो भने उद्घाटन सिमित व्यक्तिहरुको उपस्थितिमा सोमबार मेयर शाक्यले नै गर्नुभएको छ ।

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको हाे । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् ।

उद्घाटनपश्चात मेयर शाक्यले पहिला सबैजसो घरबाट शिसाको भाँडो बोकेर कोलमा तेल किन्न जाने गर्दथ्यो भन्नुहुँदै आफुले पनि शिसाको भाँडोमा कोलमा तोरीका तेल किन्न जाने गरेको तर पछि यस्ता कोलहरु बन्द भएकाले प्याकेटका तेल किन्न बाध्य भएको बताउनुभयो ।
यस्तो परम्परागत रुपमा कोलमा पेलेको तेल खानलाई मात्र उपयुक्त नभइकन कान, नाख, टाउकोमा समेत प्रयोग हुने बताउँदै उहाँले यस्तो कोलबाट निकालिएको तेल जिउ मालिस गर्नसमेत प्रयोग हुने गरेको बताउनुभयो ।

‘सेलेब्रेटीहरुले विज्ञापन गरेका सबै बस्तुहरु राम्रो हुँन्छन् भन्ने छैन । एकदिन एउटा ब्राण्डको बस्तु राम्रो भनिरहनु भएकाले अर्को दिन अर्कै ब्राण्डका वस्तु राम्रो भनिरहेका हुन्छन् ।’, उहाँले भन्नुभयो ।

‘इतिहास बोकेको यो लाय्कू साः फेरी सञ्चालनमा ल्याउने प्रतिवद्धता दिएको कारण यसमा बजेट विनियोजन गरेका हौं ।’ शाक्यले भन्नुभयो, ‘यहाँबाट उत्पादन भएको तेल फेरी मलगायत यहाँका स्थानीयहरुले प्रयोग गर्न पाउने भएको छ । र एउटा संस्कृति र पहिचानको संरक्षण भएको र पर्यटकीय हिसावले साँस्कृतिक परम्पराको प्रवद्र्धन पनि भएको छ ।’

‘पटक पटक भन्दै आइरहेको कुरा फेरी पनि दोहो¥याउँछु भन्नुहुँदै उहाँले भन्नुभयो कुनै पनि सम्पदा पुनर्निर्माण गर्नुपरेमा हामीलाई भन्नुहोस् ।’, उहाँले भन्नुभयो,‘मूर्त एवं अमूर्त सम्पदाको संरक्षण गर्नु नगरपालिकाको दायित्व हो ।’

‘ अब कुनै पनि विग्रिएका पाटी पौवा एवं देगलहरु बाँकी छ भने त्यो गुथि संस्थानको स्वामित्वमा रहेको भनेर बुझ्नुहोला ।’, उहाले गुथिसंस्थानलाई इंगित गर्दै भन्नुभयो,‘पुनर्निर्माण गर्छु भन्दा सम्पदा मास्न पाउँदैन भन्दै पुरानो भइसकेका पाटी पौवा अझै पनि जीर्णरुपमा राखी भाँडामा लगाई कमाई गरिरहेको छ ।’

त्यस्तै महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले विकास भनेको ठूला ठूला सडक, भवन, परियोजना मात्र होइन भन्नुहुँदै स्थानीय संस्कृति, सम्पदा, भाषाको संरक्षण र प्रवद्र्धन गर्नु स्थानीय तवरमा विकास हो र स्थानीय सरकारको यो पहिलो दायित्व यहि नै हो भन्नुभयो ।
‘परम्परागत तेल उत्पादन मानन्धर समाजको पहिचान हो, लाय्कू साःको पुनर्निर्माणले एउटा पहिचानको संरक्षण भएको छ,’ उहाँले भन्नुभयो ।

मानन्धर जातीहरुको गौरव ऐतिहासिहक चारवटा साः न्हू साः, दै साः, फल्चा साः, लाय्कू साः २३ वडामै रहेको छ । ’, २३ वडाध्यक्ष मचाराजा महर्जनले भन्नुभयो, ‘लाय्कू साः पुनःनिर्माण सम्पन्न भएको छ । अब अरु तीन वटा सालको पुनर्निर्माण गर्ने पालो आएको छ ।’

सम्पदा संरक्षणको प्राथमिक नीतिअनुरूप निर्माण हुन लागेको उक्त ऐतिहासिक कोलको खुल्ला प्रतिस्पर्धाबाट निर्माण पक्ष छनौट गर्दा दुप्चेश्वर निर्माण सेवाले १ करोड १३ लाख ९२ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने कबोल गरेको संरक्षण कार्यक्रमका इञ्जिनीयर अमित बज्राचार्यले जानकारी दिनुभयो ।

‘ई.सं. १७५३ मा राजा जय प्रकास मल्लले हरेकवर्ष कुमारी रथ निर्माण गरेवापत इन्द्रजात्राको बेला खण्डे खटमा बत्ति बाल्न र तलेजु भवानीकोमा हरेक दिन दियो बाल्न चाहिने तेलकोको लागि कुमारी कोल स्थापना गरी झोछेँका मानन्धरहरुलाई जिम्मा दिएका थिए । राजकुलको कोल भएको हुनाले नेपालभाषा लाय्कू साः र त्यहाँ आवद्ध भएका मानन्धरहरुलाई लाय्कूसाय्मि भनिन्छ भने उक्त कुमारी कोललाई राजकुलको कोल संज्ञा दिएर नेपालभाषामा लाय्कूसाः पनि भन्ने गरिन्छ’, लाय्कूसाःका अध्यक्ष पुर्ण प्रसाद मानन्धरले जानकारी दिनुभयो ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता