कीर्तिपुर सिङ्गिङ आइडलका विजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण

कीर्तिपुर सिङ्गिङ आइडलका विजेताहरूलाई नगद पुरस्कार हस्तान्तरण

मेट्रो संवाददाता

१८ माघ २०७८ १४:४३

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का विजेताहरूले नगद पुरस्कार (चेक) प्राप्त गर्नुभएको छ । केही प्रशासनिक प्रक्रिया पूरा भएपश्चात गत सोमबार उक्त पुरस्कार हस्तान्तरण भएको हो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्काले नगर प्रमुखको कार्यकक्षमा विजेताहरूलाई सो चेक हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लेखा शाखा प्रमुख प्रविणजङ्ग शाही, नगर प्रमुख सचिवालयका विकास महर्जनको उपस्थिति रहेको थियो ।

नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा नगरका युवाहरूलाई सांगीतिक क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले “कीर्तिपुर सिङ्गिङ आइडल–११४२” प्रतियोगिताको आयोजना गरेको थियो । यही पुस १५ गते कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल प्रतियोगितामा कीर्तिपुर नगरपालिका वडा नं. ४ सल्यानस्थानका प्रशान्त सुवेदी प्रथम, वडा नं. ३ कुतिसाःका अतुल मानन्धर द्वितीय र वडा नं. ५ पांगाका जोन महर्जन तृतीय हुनुभएको थियो ।
त्यतिबेला बिजेताहरूलाई प्रमाण पत्र, ट्रफिका साथै डमि चेक हस्तान्तरण गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु. ५० हजार, रु.४० हजार र रु.३० हजार प्राप्त गर्नुभएको हो भने उक्त पुरस्कारमा नेपाल सरकारको नियमानुसार २५ प्रतिशत कर कटाएको हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता