वागमती र विष्णुमती किनारमा मात्रै १७ वटा पार्क बनाउँदै काठमाडौँ महानगर

वागमती र विष्णुमती किनारमा मात्रै १७ वटा पार्क बनाउँदै काठमाडौँ महानगर

मेट्रो संवाददाता

२५ माघ २०७८ १७:००

नदी किनारका जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र पार्क निर्माण हाम्रो अभियानः प्रमुख शाक्य

काठमाडौँ महानगरपालिकाले वागमती र विष्णुमती नदी किनारमा मात्रै करीब १७ वटा पार्क निर्माणको कार्य अघि बढाएको छ ।

आज वडा–१७ मा इन्द्रायणी गुरुयोजनाअन्तर्गत इन्द्रायणी पार्कको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो ।

‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हामीले सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, पार्कहरुको निर्माण गर्ने योजना अघि बढाएका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘नदी किनारका जग्गालाई संरक्षण गरेर हरियाली कायम गर्ने जस्ता योजना पनि हामीले अघि बढाएका छौँ ।’

प्रमुख शाक्यले सोही योजनाअनुसार कालीमाटी दोभानदेखि बालाजुसम्मको विष्णुमती किनारलाई हरियाली कायम गर्न इन्द्रायणी पार्कको शिलान्यास गरेको बताउनुभयो । प्रमुख शाक्यले सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रममा समेत प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले काठमाडौँ आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौति रहेको पनि बताउनुभयो । ‘काठमाडौँको विशेषता अन्य जिल्लाको भन्दा फरक छ । भित्री शहर सम्पदा नै सम्पदा, मन्दिर नै मन्दिर,  देवता नै देवताले भरिएको छ,’ शाक्यले भन्नुभयो, ‘त्यसपछि नयाँ विकास भएको शहर पनि यही महानगरपालिका भित्र छ । यी दुईलाई आधार बनाएर हामीले यहाँको विकासका लागि नीति बनाउनुपर्छ र त्यसै अनुरुप गर्दै आएका छौँ ।’

वडा नम्बर–१७ का अध्यक्ष नविन मानन्धरले पनि नदी किनारको सार्वजनिक जग्गा संरक्षण अभियान अन्र्ततरगत नै इन्द्रायणी पार्क निर्माणको योजना अघि बढाएको बताउनुभयो । उहाँले कुनै सयम विष्णुमतीमा असला माछा पाइने गरेको प्रसङ्ग कोट्याउँदै भन्नुभयो– असला माछा शुद्ध पानीमा मात्रै पाइन्छ । हामी यो नदीलाई सकेसम्म असला माछा पाइने नदीका रुपमा विकास गर्न चाहन्छौँ ।’ 

पुर्वमन्त्री पूर्वमन्त्री सुशीलकुमार श्रेष्ठले खुशिँबु टाउन प्लानिङ् सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजना सकारात्मक भएको बताउनुभयो । 

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुख राम थापाले  कालीमाटीदेखि बालाजुसम्मको विष्णुमती किनारलाई हरियाली बनाउने योजना अन्तरर्गत नै जग्गा धेरै भएको ठाउँमा पार्क र थोरै भएको ठाउँमा हरियाली मात्रै कायम गर्दै अघि बढेको बताउनुभयो । ‘महानगरपालिकाले वागमती र विष्णुमती किनारका जग्गा संरक्षण गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो बाहेक भित्री सहरका पनि अतिक्रमण गरी व्यक्ति वा संस्थाले प्रयोग गर्दै जग्गामा स्थानीयको मागलाई समेत सम्वोधन गर्दै खोजिखोजी पार्क निर्माण गर्दै आएका छौँ ।’

उहाँले पनि विष्णुमती नदी किनारमा अहिले पाँच ओटा पार्क निर्माण भैरहेको र निर्माण सम्पन्नको चरणमा रहेको जानकारी दिनुभयो । ‘कालीमाटी दोभानमा महादेव पार्क निर्र्माण हुँदैछ । १३ र १५ नम्बर वडामा पनि पार्क निर्माण भैरहेको छ ।  त्यसैगरी वडा–१२, १८ र १९ को पनि पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले वडा–१७ मा इन्द्रायणी पार्क शिलान्यास भएको छ । यसअघि वडा–१६ को चमतीमा पनि पार्क निर्माणको काम अघि बढेको छ ।’

उहाँले वागमती किनारमा पनि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर वडा– ४, ५, ७, ३१, ३२ मा गरी करीब १२ वटा पार्क निर्माण भैरहेको र निर्माणको अन्तिम चरणमा पुगेको जनकारी दिनुभयो । 

आज शिलान्यास भएको पार्कको लागत १ करोड ८० लाख रुपैयाँ रहेको छ । यो पार्क असार सम्ममा सम्पन्न गर्ने योजना रहेको महानगरपालिकाले जानकारी दिएको छ

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता