ललितपुरमा उद्यमी महिला मेला हुने

ललितपुरमा उद्यमी महिला मेला हुने

मेट्रो संवाददाता

१९ फागुन २०७८ १२:३४

ललितपुर महानगरपालिका १६ वडाले पाटनकाे नागबहाल, इलाननिमा महिलाद्वारा उत्पादित सामग्रीहरूकाे प्रदर्शनी र बिक्री वितरण ‘उद्यमी महिला मेला २०७८’ आयोजना गर्ने भएको छ ।

‘महिला सशक्तिकरणाकाे आधार, उद्यमशीलता र राेजगार’ भन्ने नारासहित फागुन २७ गते शुक्रबारदेखि सुरु हुने मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

फागुन २९ गते आइतबारसम्म चल्ने मेलामा ललितपुर उद्याेग वाणिज्य संघद्वारा मेड इन ललितपुर अवधारणा अनुरुप विशेषा पेभीलाेन प्रदर्शन हुने अध्यक्ष शाक्यले जानकारी दिनुभयाे ।

उक्त मेलामा ललितपुरमा उत्पादित सामग्रीकाे प्रदर्शनकाे साथमा साँस्कृतिक प्रस्तुती, फेशन शाे, नेवारी खाजा र परिकारका साथ साथै महिला उद्यमशीलताका विषयमा प्यानल छलफलसमेत हुने अध्यक्ष शाक्यले जानकारी दिनुभयाे ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता