१२ असार २०८१, मंगलवार | Tuesday, 25 June, 2024

दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिता सुरू

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा सासा इभेन्ट भेन्यू विशाल बजारमा भइरहेको प्रतियोगितामा जम्मा ७ राउण्डमा खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद २५ हजार पुरस्कार प्राप्त गर्नु हुनेछ भने दोश्रोदेखि पाँचौं हुनेले क्रमशः १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगदका साथै प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नुहुनेछ ।

यसैगरी यू१६, यू१४, यू १२, इएलओ १०००–१२९९, इएलओ १३००–१४९९ र अनरेटेड खेलाडी उत्कृष्ट खेलाडीले जनही २ हजार नगद पुरस्कार प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।
पहिलो र दोश्रो चरण आजै सम्पन्न हुने प्रतियोगिताको समापन यही फागुन २६ गते बिहीवार गरिने भएको छ ।

बागमती प्रदेश बुद्धिचाल संघका प्रमुख सल्लाहकार अमृतचन्द्र श्रेष्ठकी आमाको नाममा यो प्रतियोगिता आयोजना भइरहेको हो ।

संघका अध्यक्ष नारायण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय विदुर गौतम र नारायणदास गमालको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा जम्मा २६ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *