महालक्ष्मी बैंक कालिमाटी शाखाद्वारा रक्तदान कार्यक्रम

महालक्ष्मी बैंक कालिमाटी शाखाद्वारा रक्तदान कार्यक्रम

मेट्रो संवाददाता

६ जेठ २०७९ १७:०८

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको कालिमाटी शाखाले शुक्रबारकाे दिन रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

बैंकको २८ औं वार्षिक उत्सवको उपलक्ष्यमा कामपा १३ वडास्थित कालिमाटी शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । शाखाको कार्यालय रहेकै चण्डी कम्प्लेक्समा उक्त रक्तदान गरिएको थियो । कार्यक्रमा २६ जनाले रक्तदान गर्नुभएको बैंकका शाखा प्रमुख उत्सव माकजुले बताउनुभयो ।

यस्ता सामाजिक कार्यहरूबाट बैंकका ग्राहकवर्ग लाभान्वित हुने र बैंकबाट प्रवाह भइरहेको डिजिटल पेयमेन्ट सिस्टम लगायतका विभिन्न सेवाबाट आफ्नो व्यवसाय बढाउन सकिने पनि शाखा प्रमुख माकजुले बताउनुभयो । महालक्ष्मी विकास बैंकले हाल देशभरि १०३ वटा शाखाबाट करिब ६ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभाग प्रमुख डा. मनिता राजकर्णिकार, रेडक्रस गणबहाल उपशाखा सभापति अमृतनारायण मानन्धर, सामाजिक अभियन्ता सुमन साय्मि आदिको पनि उपस्थिति रहेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता