‘नेपाल पुलिस मोबाइल एप’

‘नेपाल पुलिस मोबाइल एप’

मेट्रो संवाददाता

२१ चैत २०७६ २२:१३

काठमाडौँ, २१ चैत

नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विष्फोटक पदार्थलगायत अन्य विविध घटनाबारेमा उक्त एपबाट जानकारी प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका विषयका साथै लकडाउनको उल्लङ्घन, कालोबजारी, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना पनि उक्त एपमार्फत जानकारी दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोभिड–१९ सम्बन्धी सूचना एवं जानकारी लिन सकिने छ ।

(रासस)

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता