चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

मेट्रो संवाददाता

८ पुष २०७९ २२:३०

हत्या अभियोगमा कैद भुक्तान गरि  रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरिएकाे छ ।

काठमाडौंबाट फ्रान्स प्रस्थान गर्ने विमानबाट शुक्रबार फ्रेन्च सिरियल किलर चार्ल्स शोभराज डिपाेर्ट गरिएकाे छ ।

शुक्रबार चार्ल्सलाइ १० वर्षसम्म नेपाल आउन नपाउने गरी डिपाेर्ट गरिएकाे हाे ।

सर्वाेच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वषसम्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ ।

अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार शुक्रबार उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो ।

सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई आजै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो ।
कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी शुक्रबार बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिए ।

सर्वाेच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) आदेश दिएको थियो । उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो । उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता