गाँजा : औषधीय गुण कि दुर्व्यसनीय गुण ?

गाँजा : औषधीय गुण कि दुर्व्यसनीय गुण ?

मेट्रो संवाददाता

२३ जेठ २०७८ १७:४२

नेपालमा केहीवर्ष यतादेखि प्रतिबन्धित गाँजा खुला हुनपर्नेमा ठूलो बहस भइरहेको छ । यो बहस सडकदेखि लिएर सदनसम्म बहसको विषय बनेको छ ।

गाँजाको औषधीय गुण थाहा पाएर पश्चिमा राष्ट्रहरूले धमाधम यसको खेतीतिर फर्किरहँदा नेपालमा पनि यसलाई खुला गर्नुपर्छ भन्नेहरको जमात बढ्दै गइरहेको छ ।

नेपालमा लामो इतिहास बोकेको गाँजा तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो ।

एकताका नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भइसकेको थियो । दोस्रो विश्वयुद्धकै समयदेखि ‘हिप्पी’ युगसम्म काठमाडौंमा गाँजाले आफ्नो छुट्टै पहिचान बनाइसकेको थियो । गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्ने काठमाडौंमा त्यतिबेला ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए । विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान झोछेँ र न्यूरोडका पसल आइपुग्थे ।

गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्याे । यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्यो । लगत्तै अर्काे वर्ष उत्पादन, बिक्री तथा आयात र निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो ।

नेपाल भने यस्तो देश हो, जहाँ पहिल्यैदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो । गाँजा परम्परादेखि नेपालको संस्कृतिमा थियो । अमेरिकाले लागुऔषध भनेर गाँजा खेती नष्ट गर्न अनुदानसमेत दिन लगाएर सन् १९७० दशकदेखि नेपालमा गाँजा प्रतिबन्धित भयो । राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो ।

अब त्यही अमेरिकाले गाँजा औषधि हो, आयस्रोत हो भनेर खुला गरेको छ । अहिले अमेरिकाका ३६ राज्यले औषधिको मान्यता दिँदा नेपालमा प्रतिबन्धको ४३ वर्षपछि गाँजा फुकुवाको आवाज संसदमा समेत उठेको छ ।

निदरल्याण्ड, उरुग्वे, अमेरिकालगायत अहिले विश्वका ७० मुलुकले गाँजालाई वैध गरिसकेको छ । स्पेनमा १ ग्राम गाँजाको ७ युरोेदेखि १० युरोसम्म पर्छ । पूर्वसचिव भीम उपाध्यायका अनुसार नेपालमा गाँजा बैध हुने हो भने २०८२ सम्ममा १७० अर्ब डलर कमाइ हुनेछ ।

उरुग्वे पहिलो देश हो, जसले गाँजा सेवनलाई कानुनी मान्यता दियो । त्यसपछि नेदरल्याण्डस्, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले उरुग्वेलाई पछ्याएका छन् । अहिले गाँजालाई औषधिको रुपमा प्रयोग गर्न अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल लगायत देशमा छुट छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक २०७५ कार्तिक महिनामा संसदबाट पारित गरेका थिए । गाँजाबाट हुने लाभ र जोखिमबारे अझै पर्याप्त अनुसन्धान हुन बाँकी नै छ । अन्य औषधि जस्तै निश्चित मात्रामा खाएमा स्वास्थ्यका लागि धेरै फाइदा हुने क्यानेडियन मेडिकल एसोसिएशन (सीएमए) बताएको छ ।

नेपालमा असार–साउन गॉजा पाक्ने बेला हो । गॉजाको गेडा पौष्टिक आहार हो, त्यसले नसा लाग्दैन । मजाले पिठो वा रोटी पकाएर खायो भने भात, गहुँको भन्दा बढी ताकत दिन्छ । गॉजाको पैष्टिक आहार खाने गर्यो भने रोग लाग्दैन, दिमाग तेज हुन्छ, त्यसमाथि लामो आयु हुन्छ ।

नेपालमा गाँजाको महत्व परम्परागत तथा आयुर्वेदीय रूपले नै स्वीकारिएको छ । अनिद्रा र शारीरिक पीडा हटाउन गाँजा सेवन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो ।

गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ । नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ । गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ ।
नेकपाका नेता केशव स्थापितका अनुसार गाँजा समृद्धिको अधार हो । उनले यसमाथि प्रतिबन्ध फुकुवा माग गर्दै आएका छन् । कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय १५ रुपैयाँ पुगेको छ । नेपालमा भएको प्राकृतिक स्रोतमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्यसको उत्पादन आफैंले गरिरहेका छन् ।

गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ ।

शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुन्छ भनेर ‘जर्नल अफ सेक्सुअल मेडिसिन’ को रिपोर्टले जनाएके छ । अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गाँजा र यौनशक्तिबीचको सम्बन्ध भर्खरै प्रमाणित गरे, जबकि शीर्घ स्खलन रोक्न गाँजाको कणयुक्त ‘पूर्णचन्द्रोदय रस’ वैद्यखानाले धेरैअघि उत्पादन गथ्र्यो । वैद्यखानाकै ‘भोग सुन्दरी’ भायग्राजस्तै यौनशक्ति बढाउने आयुर्वेद औषधि हो । गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिन्छ ।

निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको सिंहदरबार वैद्यखानाको रेकर्डमा देखिन्छ ।

बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौंवर्षदेखि गाँजा प्रयोग हुँदै आएको र क्यान्सर बिरामीलाई गाँजा मिसाइएको औषधि दिँदा पीडा कम हुनुका साथै निराशाबाट बाहिर ल्याउन मद्दत गर्छ । ‘रामबाण रस’ वा ‘रातोबरी’ भन्ने औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने उनको दाबी छ । यी दुवैमा गाँजाको कण हुन्छ ।

गाँजाको सन्दर्भमा नेपाली समाज द्विविधाग्रस्त छ । एकथरी भन्छन्, यो औषधीय महत्वको वनस्पति हो । अर्काथरीले यसलाई लागूऔषधका रूपमा व्याख्या गर्छ । आयुर्वेदले गाँजाको औषधीय महत्वमा जोड दिन्छन् । यसबारे नेपाली परम्परागत ज्ञान मासिने वा चोरिने अवस्थामा रहेकाले व्यवस्थित गर्दै लानुपर्ने बताउँछन् । आयुर्वेदका जानकारहरू गाँजालाइ मूल्यवान चिजको संज्ञामा राख्छन् । गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ । स्नातक तहका दिर्देगुण विज्ञान र भाव प्रकाश किताबमा गाँजाको आयुर्वेदिक उपयोगिताबारे प्रष्टरूपमा लेखिएको छ ।

प्रहरीकाअनुसार गाँजा फुकुवा गर्दा लागूपदार्थ दुब्र्यसनीलाई सहजता हुनेछ । दुव्र्यसनीका कारण थुप्रै अपराधका घटना भएको, परिवारमा विखण्डन आएको र युवा पुस्ता सामाजिक दायित्वबाट बिमुख भएकाले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्दा प्रशस्त गृहकार्य गर्नुपर्छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता