मेट्रो संवाददाता
१५ साउन २०७८ १९:०८
काठमाडौं, १५ साउन २०७८ ।
भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा अवस्थित उपत्यकाको मुख्य सम्पदा काष्ठमण्डपभित्र गजुर भित्र्याइएको छ । कुमारी घरसँगै रहेको पुरानो देवताघरमा तीन दिनसम्म पूजा गरेर बिहीबार काष्ठमण्डभित्र गजुर भित्र्याइएको हो । अब साइत हेरेर काष्ठमण्डपको छानामा गजुर राखिने छ ।
काष्ठमण्डप पुनर्निर्माण समितिका सचिव गौत्तम डंगोलले पुनर्निर्माण सकिन अझै तीन महिना लाग्ने बताए । ‘विधिपूर्वक गजुर भित्र्याइएको छ, यसलाई साइत हेरेर छानामा राखिनेछ, योसहित अन्य काम सक्न अझै ३ महिना लाग्छ,’ उनले भने । उनका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ । अब छानो छाउने काम मात्रै बाँकी छ । काष्ठमण्डपको छानामा झिगटी प्रयोग गरिनेछ भने अन्य ठाउँमा काठैकाठ प्रयोग हुनेछ पुनर्निर्माणमा हालसम्म १० करोड रूपैयाँ खर्च भएको छ भने अझै २ करोड रकम खर्च हुने अनुमान गरिएको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


