काठमाडौंमा विहिवारदेखि राती ८ बजेपछि सवारी साधन चलाउन नपाउने

काठमाडौंमा विहिवारदेखि राती ८ बजेपछि सवारी साधन चलाउन नपाउने

मेट्रो संवाददाता

२६ साउन २०७८ १८:३३

संजाेग मानन्धरकाे ट्विटरबाट

काठाडाैं, २६ साउन । काठमाडौँ उपत्यकामा तालिम, सेमिनार, बैठक तथा गोष्ठी भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी भदाै ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  थप गरिएकाे निषेधाज्ञामा २८ गते विहिवारदेखि राती ८ बजेपछि सावरी साधान चलाउन नपाईने भएको छ ।

स्वास्थ्य मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको निष्कर्षसहित उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित मंगलबारको बैठकले अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको छ । 

निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ । पछिल्लो समय राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै हुन थालेको देखिएपछि सो निर्णय गरिएको हो । 

जारी आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्स बार, नाचघर, स्विमिङ पुल, मनोरञ्जन स्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भिडभाड हुने अन्य कार्यक्रम गर्न–गराउन नपाइने विगतको व्यवस्थालाई कायम राखिएको छ ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ । अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न भनिएको छ । त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम राखिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । परीक्षामा भने एक कोठामा २५ भन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको जानकारी दिदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने त्यसमा कुनै निषेध नगरिएको जानकारीदिनुभयो । उपत्यकामा संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेधाज्ञा कडा गर्दै लाग्न थालेको हो । 

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता