मेट्रो संवाददाता
२४ पुष २०७९ १३:४८
काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।
नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए।
छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ ।
नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, जन्मदर्ता वा नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित शैक्षिक संस्थामा अध्ययनरत रहेको सिफारिसपत्र, आफू अध्ययन गरिरहेको कक्षाभन्दा तल्लो कक्षाको शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने सो नगरपालिकाले जनाएको छ ।
नगरपालिका वा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, विद्यार्थीको अभिभावकले पेश गरेको निवेदन र
छात्रवृत्ति कार्यवविधिमा उल्लेखित मापदण्डका आधारमा विद्यालय छात्रवृत्ति वितरण समितिले छात्रवृत्तिका लागि
विद्यार्थी छनौट गर्नेछ ।
RECOMENDED News
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव, पर्यटक आकर्षणको नयाँ आयाम
काठमाडाैं : पोखराको पामे क्षेत्रमा यो वर्षको पुस ९ गतेदेखि ९ दिने बीवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने भएको...
३ पुष २०८१ ९:०६ |मेट्रो संवाददाता
काठमाडौं महानगरपालिकाको प्राथमिकता विवाद: आधारभूत आवश्यकता उपेक्षा गर्दै अनावश्यक निर्माणकार्य ?
काठमाडौं महानगरपालिका नेपालको प्रशासनिक र सांस्कृतिक केन्द्र हो, जहाँ विकासका थुप्रै योजना सञ्चालनमा छन्। तर, ठूला प्रचारमुखी परियोजनामा...
७ मंसिर २०८१ ८:३६ |मेट्रो संवाददाता
नेपाल संवत्का विरोधीहरू अझै सक्रिय
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः नेपाली मात्रका विभूति हुन् भन्नेमा दुई मत छैन । यस संवतको विशेषता मौलिक राष्ट्रिय...
२१ कार्तिक २०८१ १०:०९ |केके मानन्धर
अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न
वाशिङ्टन डिसी (अमेरिका) :नेपालका तराई क्षेत्रमा विशेष महत्वसाथ मनाइने छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायद्वारा उल्लासपूर्वक मनाइएको छ।...