दुईवटा ए‌ेतिहासिक सम्पदा फल्चा पुनर्निर्माण सम्पन्न

दुईवटा ए‌ेतिहासिक सम्पदा फल्चा पुनर्निर्माण सम्पन्न

मेट्रो संवाददाता

६ असोज २०७८ १७:०४

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाकाे प्रमुख नीतिअनुरूप ए‌ेतिहासिक सम्पदाहरूकाे पुनर्निर्माण तीव्र रूपमा भइरहेका छन् ।

आफ्नो क्षेत्र भित्रका सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने योजनाअनुसार नै कीर्तिपुर नगरपालिकाले फल्चा निर्माण धमाधम भइरहेकाे छ ।

प्रमुख रमेश महर्जनले सिमित संख्यामा उपस्थित स्थानीय र अतिथिहरुको बीचमा गत असोज ४ गते सोमबार (यँयाः पुन्हि) का दिन दुईवटा फल्चा उद्घाटन गर्नुभयाे।

कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित चीथुटोलको सन स्टार क्लबले आफ्नो टोलमा रहेको क्लब भवनसँगैको फल्चाको पुनर्निर्माण सम्पन्न भएको उपलक्ष्यमा समयबजि राखी फल्चा उद्घाटन गरेको हो ।

फल्चामा राखिएको शिलापत्र अनावरण गरी नगर प्रमुख महर्जनले सो फल्चा उद्घाटन गर्नुभएको थियो । त्यसैगरी क्लबले यही पुन्हिका दिनदेखि भैरवको मुखबाट हाथु हायेकेगु (एक प्रकारको जाँड भैरवको मुखबाट झार्ने र प्रसादको रुपमा ग्रहण गर्ने) परम्परा शुरु गर्न लागेको तर विशेषकारण भैरवको मुकुण्डो बनाउन नसिद्धिएको कारण मुकुण्डो रहने स्थानमा भैरवको पर्दा राखी आँखा खुलाउने कार्य गरेको छ ।

गुरुजुबाट विधिवत पुजा पश्चात आँखा खुलाउने कार्य नगर प्रमुख महर्जनले गर्नुभएको थियो भने पुजा दिने कार्य भने उप-प्रमुख सरस्वती खड्काले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रुपमा टोलका थकालीहरू कृष्ण महर्जन (म्वानटोल) र श्याम बहादुर महर्जन (तःननी, चीथु)को उपस्थिति रहेको थियो।

त्यसैगरी सोही दिन कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभारमा पनि फल्चा उद्घाटन नगर प्रमुख महर्जनले गर्नुभएको थियो । उपभोक्ता समितिका अध्यक्ष राजभाई तुलाधारको सभापतित्वमा सम्पन्न फल्चा उद्घाटन कार्यक्रममा वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, उप-प्रमुख सरस्वती खड्काले पनि मन्तब्य राख्नुभएको थियो भने वडानं. ६ का सदस्य सुनिल डंगोलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता