मेट्रो संवाददाता
१९ भदौ २०७८ २०:१४
काठमाडाैं, १९ भदाै । कामपा १५ मा नेकपा एसको बृहत कार्यकर्ता भेटघाट तथा भेला आयोजना भएको छ। उक्त कार्यक्रम प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठकाे उपस्थितिमा नेकपा एकिकृत समाजवादी पार्टी कामपा १५ वडा कमिटीकाे कार्यकर्ताहरूसंग भेटघाट एवम् भेला कार्यक्रम गरिएको हो ।
‘नेकपा एमाले अब कम्युनिस्ट पार्टी रहेन, त्याे त केवल केपी पार्टीमा सिमित भयाे ।’, प्रमुख अतिथि श्रेष्ठले भन्नुभयाे,’विचार, सिद्धान्त, नीति नभएकाे पार्टी कुन भन्दा नेकपा एमाले पार्टी हाे ।’
उहाँले लाेकतान्त्रिक गणतन्त्र नेपालकाे पक्षधर पार्टी हुनलाइ लाेकतान्त्रिक चरित्र हुनु पर्ने तर, एमालेमा त्याे चरित्र नै समाप्त भइसकेकाे भन्नुभयाे । सरकारमा रहेर जनताकाे लागि समाजवादकाे आधार तयार गर्नेु पर्ने तर त्यसाे नगरेकाे भन्नुहुँदै एउटा कम्युनिस्ट पार्टीले गर्नुपर्ने कुनै पनि कार्य एमाले नगरेकाे प्रमुख अतिथि श्रेष्ठले बताउनुभयाे ।
वडास्तरिय भएको कार्यक्रममा राजा शाक्यकाे अध्यक्षतामा उक्त कार्यक्रमबाट नेकपा एकीकृत समाजवादी पार्टी १५ वडा कमिटीमा राजा शाक्यकाे नेतृत्वमा ४७ सदस्यीय कमिटी गठन गरिएको थियो ।
उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा महानगर संयोजक रामेश्वर श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्तासमेत रहेका ईश्वरमान डंगाेल, काठमाडौं जिल्ला सदस्यहरु मैयाँ लक्ष्मी महर्जन, भिमसेन राजवक, अमर रन्जितलगायतको उपस्थित रहेकाे थियाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


