एक व्यक्ति एक पद सम्बन्धमा युवा संघ १५ वडाको ध्यानाकर्षण, संयुक्त राजिनामाको चेतावनी

एक व्यक्ति एक पद सम्बन्धमा युवा संघ १५ वडाको ध्यानाकर्षण, संयुक्त राजिनामाको चेतावनी

मेट्रो संवाददाता

२२ असोज २०७८ २०:०२

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीद्वारा पार्टी कमिटीलाई संयुक्त राजिनामाको चेतावनीसहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा एमालेको भर्खरै सम्पन्न विधान अधिवेशनबाट पारित भएको “एक व्यक्ति एक पद” को अवधारणा काठमाडौं जिल्ला ८ नं. क्षेत्रीय कमिटीमा लागू नभएको भनी उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

संगठनमा कुनै योगदान नगरेकाहरुलाई चाकडी, चाप्लुसी र गुलामीको भरमा गरिएका नियुक्तीहरुलाई सच्याई एक व्यक्ति एक पदको नीति लागू गर्नेमा युवासंघ नेपाल १५ वडा कमिटी विश्वस्त रहेको पनि बताइएको छ ।

पार्टीकाे नीति विपरित गरिएकाे निर्णय नसच्याए यसले संगठनमा ठूलाे असर पार्नेछन् भनी उक्त पत्रमा लेखिएकाे छ ।

विधान अधिवेशनबाट पारित नीति लागू नभए १५ वडाको पार्टी कमिटी र युवा संघ कमिटीले संयुक्त रुपमा राजिनामा दिने चेतावनी समेत उक्त पत्रमा जनाइएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता