मेट्रो संवाददाता
२६ असोज २०७८ ६:३०

कीर्तिपुर । नेपालीहरूको ठूला चाड दशैं र तिहार नजिकिंदै गर्दा बजारमा उपभोक्ताहरू नठगिनुन् भनेर कीर्तिपुरमा बजार अनुगमन थालेको छ ।
कीर्तिपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयोजनमा भएको बजार अनुगमनमा समितिका संयोजक प्रकाश लुईटेलसहित बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका भगवती अर्याल, सुनिता पोखरेल, शेरबहादुर बस्नेत, खाद्य प्रविधि गुण नियन्त्रण विभागका कौशल ओझाको सहभागिता रहेको थियो ।
समतिले बुधबार कीर्तिपुर नगरपालिका वडा नं. ९ र १० को व्यस्त बजार अमल्सि (नयाँजार) क्षेत्रमा सो अनुगमन गरेको हो । किराना पसल, पाउरोटी उद्योग, मिठाइ पसल, औषधि पसल, डेरी पसल र मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा स्थानीय सरकार कीर्तिपुर नगरपालिकामा दर्ता नै नगरेको पनि पाइएको छ भने उनीहरूलाई यथाशीघ्र आवश्यक प्रक्रिया पु¥याएर दर्ता गर्न सुझाव दिएको थियो । उत्पादन गर्ने स्थान फोहोर देखिएकोले ती स्थानहरू सफागरी राख्न भनिएको छ ।
कारोबारका हिसाव किताव पनि हेरिएको अनुगमनका क्रममा मिति नाघिसकेको खाद्य पदार्थ पाइएकोले ती सामानहरू जफत गरि लगिएको छ । विवेक स्टोर, सम्राट बेकरी उद्योग, न्यू पुजा स्वीट्स, चन्द्र सूर्य फर्मा, कीर्तिपुर डेरी, कीर्तिपुर फ्रेस चिकेन पसलमा अनुगमन गरेको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


