महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई नगरपालिकाद्वारा मोटरसाइकल सहयोग

महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई नगरपालिकाद्वारा मोटरसाइकल सहयोग

मेट्रो संवाददाता

२६ असोज २०७८ ६:१५

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले सोमबार महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई मोटरसाइकल सहयोग गरेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा थप मद्दत गर्न यो मोटरसाइकल हस्तान्तरण गरेको हो ।

नगरपालिकाको हलमा भएको एक कार्यक्रममा नगरपालिकाका प्रमुख रमेश महर्जनले महानगरीय प्रहरी वृत्त कीर्तिपुरका इन्चार्ज डिएसपि ठाकुरप्रसाद पोखरेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरित मोटरसाइकल टिभिएस स्ट्राइकर १२५ सिसिको २ वटा रहेको छ ।

मोटरसाइकल हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख महर्जनले मोहनी (दशैं) जस्तो महान चाड नजिकिंदै आइरहेको समयमा समाजमा चोरी जस्ता घटनाहरू पनि घटिरहेकोले नेपाल प्रहरीलाई अपराधिक क्रियाकलाप रोक्न सहयोग होस् भनी यो सहयोग गरिएको उल्लेख गर्नुभयो । नगर प्रमुख महर्जनले समाजमा शान्ति सुरक्षा कायम राख्ने दायित्व स्थानीय सरकारको समेत भएकोले स्थानीय सरकारकोतर्फबाट शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई सहयोग गर्नु आवश्यक भएको बताउनुभयो ।                              

कार्यक्रममा उप–प्रमुख सरस्वती खड्काले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै सुरक्षाको अनुभूति दिनु हामी सबैको कर्तव्य भएकोले समुदायसँगको सहकार्यले आपराधिक क्रियाकलापलाई न्यून गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।                        

मोटरसाइकल प्राप्त गर्नुहुँदै डिएसपि पोखरेलले स्थानीय सरकार नगरपालिकालाई धन्यवाद् दिनुभयो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो । 

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता