मेट्रो संवाददाता
२ कार्तिक २०७८ १७:०७

नेपालीहरूको महान चाड बडा दशैं र मोहनीको उपलक्ष्यमा कीर्तिपुर नगरपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकाका राष्ट्रसेवक कर्मचारीबीच दशैं र मोहनीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे । गत असोज २७ गते महाष्टमी (कूछिभ्वय्)का दिन नगरपालिका भवनमा सो कार्यक्रम भएको हो ।
नगरपालिकामा जेष्ठ जनप्रतिनिधि तथा वडा नं. १ का अध्यक्ष हर्ष महर्जनले नगर प्रमुख रमेश महर्जनलाई शुभकामना व्यक्त गर्नुहुँदै दशैं र मोहनीको टीका लगाई शुभकामना दिनुभएको थियो भने लगत्तै नगर प्रमुख महर्जनले उप–प्रमुख सरस्वती खड्कालाई दशैं र मोहनीको टीका लगाई शुभकामना दिनु भएको थियो ।
त्यसपछि नगर प्रमुख महर्जन र उप–प्रमुख खड्काले वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ६ का अध्यक्ष न्हुच्छे बहादुर महर्जन, वडा नं. ८ का अध्यक्ष विनोद महर्जन, वडा नं. ९ का अध्यक्ष गंगाराम महर्जन र वडा नं. १० का अध्यक्ष अमन महर्जनलाई टिका लगाई शुभकामना दिनुभएको थियो ।
त्यसैगरी वडा नं. १ का सदस्य धनबहादुर महर्जन, वडा नं. ३ का सदस्यहरू मिलन महर्जन र ज्ञानप्रसाद महर्जन, वडा नं. ५ का सदस्य दिपेन्द्र विष्ट, वडा नं. १० का सदस्य चिनिकाजी श्रेष्ठका साथै नगरपालिकाका कानुनी सल्लाहकार कृष्णहरि खतिवडा, नगर प्रमुख सचिवालयका विकास महर्जन र मनदेवी महर्जन, उप–प्रमुख सचिवालयकी सञ्जिता लामालगायत सामाजिक परिचालकहरूलाई टीका लगाई शुभकामना दिनु भएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


