मेट्रो संवाददाता
११ कार्तिक २०७८ ६:१५

नेकपा (एकीकृत समाजवादी) पार्टी काठमाडाैं क्षेत्र नं. १० का संयाेजक युवा नेता बटुकृष्ण थापाले आवाज विहिनहरूकाे आवाज र भराेसा बिहीनहरूका लागि भराेसायाेग्य साथि नेकपा (एस) पार्टी भएकाे बताउनुभयाे ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे कीर्तिपुर नगर कमिटीकाे कार्यालय उद्घाटन तथा पार्टी कार्यालयकाे साइनबाेर्ड राख्ने कार्यक्रममा उहाँले यस्ताे भन्नुभएकाे हाे ।

‘नयाँ जाेश, नयाँ उर्जा र नयाँ उद्देश्य बाेकेर नयाँ कार्यक्रमका साथ अघि बढ्न याे पार्टी कार्यालयले धेरै नै मद्दत पुर्याउनेछ ।’, युवा नेता थापाले भन्नुभयाे, ‘कीर्तिपुरकाे कम्युनिष्ट आन्दाेलनलाई जाेगाउन विभिन्न अवसरलाई त्यागेर नयाँ थिति, विधि र पद्दति स्थापित गराउन याे पार्टी कार्यालय स्थापना भएकाे छ।’
उपस्थित महानुभावहरूलाइ धन्यवाद दिनुहुँदै उहाँले असंवैधानिक ढंगबाट विधि, पद्दति र कम्युनिष्ट आचरणलाई तहस नहस पार्न तत्वहरूसँग सुरूवातकाे दिनमा पार्टी भित्र नै बसेर संघर्ष गरेकाे बताउनुभयाे ।
‘पार्टी भित्र धेरै पटक बैठक, आलाेचना एवं आत्मालाेचना गरिरहँदा केही पार नलागेर कम्युनिष्ट आन्दाेलनलाइ जाेगाउन विद्राेहकाे नतिजा स्वरूप याे पार्टीकाे जन्म भएकाे हाे ।’, उहाँले बताउनुभयाे ।

अत्याधिक युवाहरूकाे साथ र सहयाेग रहेकाे नेकपा (एकीकृत समाजवादी)लाइ कीर्तिपुरकाे सबैभन्दा शक्तिशाली, सुव्यवस्थित एवं उत्कृष्ट पार्टीकाे रूपमा स्थापित गराउने उहाँले प्रतिवद्धता जनाउनुभयाे ।
कार्यक्रममा कीर्तिपुर नगर संयोजक बद्री बुढाथोकि, सचिव रोहित महर्जन, युवासंघ नगर अध्यक्ष साजन श्रेष्ठ केदार बुढाथोकि, चन्दागिरी नगरपालिकाका अध्यक्ष भाइकृष्ण बलामी लगायतका उपस्थिति थियाे ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


