मेट्रो संवाददाता
१४ माघ २०७८ १७:०९

आइतबार भरतपुरको गोन्द्राङमा निर्माणाधीन नालीको खोचमा परेर गैँडा मरेको विषयमा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।
उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले खड्कासँग घटनाका बारेमा थप सोधपुछ तथा छलफल गर्न अदालतको आदेश बमोजिम पक्राउ पुर्जी जारी गरेको बताउनुभयो ।
“गैँडा खाल्डोमा फसेर मरेको घटनामा सबैभन्दा पहिला ठेकदार कम्पनीका सञ्चालक नै सोधपुछको घेरामा परे” आचार्यले भन्नुभयो, “दोषी नै को हो भन्ने विषयमा अदालतको बयान पछि आउला ।” यस विषयमा थप अनुसन्धान र छानबिन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
आइतबार निर्माणाधीन नारायणगढ गोन्द्राङ्ग सडकको नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यस लगत्तै वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उप महानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहनुभएको छ ।
समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । बिहीबार र शुक्रवार समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरूसँग छलफल गरेको छ ।
याेपनि पढ्नुहाेला : निर्माणाधीन नालीमा परेर पोथी गैँडाको मृत्यु
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


