काठमाडौँ, ३ असोज: आश्विन शुक्ल पूर्णिमाको विशेष अवसरमा, भक्तपुरमा हुने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा, पशुपति क्षेत्रको परिक्रमा गरी पुनः थिमी फर्किएको छ। मध्यपुरथिमिका वीरेन्द्रभक्त श्रेष्ठले दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा १० इन्च लामो सियोले जिब्रो छेडेर ४० किलोको भ्वयः (महादीप) बोकेर पशुपति मन्दिरसम्म यात्रा गरेका थिए।
श्रेष्ठले खाली खुट्टाले निगु पुखुः, लाय्कूहुँ हुँदै बालकुमारीस्थित थास्मा गणेशको दर्शन गरी सुँगा टोल, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, एअरपोर्ट पछाडिको बाटो हुँदै गुहेश्वरी मन्दिरको दर्शनपछि पशुपति नाथ पुगेका हुन्। यो साहसी यात्रा परम्परागत रूपमा जात्राको महत्वपूर्ण हिस्सा हो।
राति करिब १२:३० बजे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिमा जात्रालाई स्वागत गर्दै चाँदीको कचौरामा सुनको चम्चाले श्रेष्ठको जिब्रोमा शुद्ध तोरीको तेल राखिदिएका थिए। यो विशेष अनुष्ठानले जात्राको महत्वलाई अझै बढाएको छ। श्रेष्ठले १७ वटा दीप भएको ‘भ्येय’ बोकेर पशुपति मन्दिरसम्मको यात्रा सफलतापूर्वक पूरा गरे।
पशुपतिनाथको दर्शनपछि, श्रेष्ठ सोही मार्ग हुँदै थिमी फर्किएर तिनधारा व्यारेक चोक, नगदेश, बहाखाबजार हुँदै दिगुटोलमा पुगेर परम्पराअनुसार जिब्रोबाट सियो निकालेर मन्दिरको काठमा ठोके
का साथ जात्रा सम्पन्न गरे। जिब्रोको घाउमा नासःद्यः (नित्यनाथ) देवताको माटो लगाउने परम्पराले यो ऐतिहासिक र सांस्कृतिक कार्यक्रमलाई अझ विशेष बनाउँछ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


