शंखरापुरमा ‘सक्व महोत्सव’ : साँस्कृतिक धरोहरको उज्यालो भविष्य

शंखरापुरमा ‘सक्व महोत्सव’ : साँस्कृतिक धरोहरको उज्यालो भविष्य

मेट्रो संवाददाता

८ माघ २०८१ २०:३७

काठमाण्डौ –काठमाण्डौ उपत्यकाको ऐतिहासिक साँखु (शंकरापुर) लाई देश र विदेशमा परिचित गराउन शंकरापुर सक्व महोत्सव आयोजना हुने भएको छ। शंकरापुर नगरपालिकाको आयोजनामा, वडा नं ६ र ७ को संयोजनमा माघ १६ देखि १९ गतेसम्म ४ दिने महोत्सवको आयोजना गरिने जानकारी नगर प्रमुख रमेश नापितले पत्रकार सम्मेलनमा दिएका छन्।

शँकरापुर नगरपालिकामार्फत आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रमेश नापितले उल्लेख गरे अनुसार, ३,३२५ वर्ष पुरानो सांस्कृतिक धरोहर र मौलिकता हराउँदै गएको अवस्था आजको चुनौती हो। उनले भने, “हाम्रो महोत्सवको मुख्य उद्देश्य साँखुको परिचयलाई सजीव राख्नु र पर्यटनलाई प्रवर्धन गर्नु हो।”

यस महोत्सवमा सांस्कृतिक झाँकी, लोक दोहोरी, लाइभ कन्सर्ट, कविता प्रतियोगिता र सामूहिक छलफलजस्ता विविध कार्यक्रमहरू रहने छन्। नगर प्रमुख नापितले शँकरापुरको रचनात्मकता र सांस्कृतिक विविधताबारे चर्चा गर्दै भने, “आठ ओटा ढोकासहितको यो शहर, जहाँ हरेक घरमा कुलो पुगेको छ, बास्तवमा अद्भुत छ। यस अवसरमा हामी हाम्रो मौलिक संस्कृति र परम्परालाई पुनर्जीवित गर्ने प्रयास गर्दैछौं।”

शँकरापुरमा हरेक वर्ष शालिनदी मेलामा ३० देखि ४० लाख दर्शनार्थीको दर्शन हुने गर्दछ, तर सँधै साँखुलाई चिन्ने खालको कमी रहेको अनुभव गरिएको छ। यसै कारण महोत्सवको आयोजना गरिएको भएको जानकारी नगर प्रमुख नापितले दिएका हुन्।

सांस्कृतिक समृद्धि र सहभागिता

कार्यक्रमका संयोजक र वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्टले महोत्सवमा सामिल हुने कार्यक्रम र उदेश्यहरूको बारेमा जानकारी गराउँदै भने, “साँखुको सांस्कृतिक धरोहरलाई उजागर गर्दै, परम्परागत जीवनशैली, ऐतिहासिक सम्पदाबारे थाहा दिनु नै महोत्सवको प्रमुख उद्देश्य हुनेछ।”

निर्माण र प्रदर्शनीमा नयाँ र पुरानी कला शैलीको समावेश गरिने, जसमा नेवा भ्वय्, पारम्परिक नाच, गित, हस्तकला र लगभग सबै प्रकारका सांस्कृतिक कलाहरूको प्रस्तुतिकरण हुनेछ।

महोत्सवको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पर्यटन मन्त्रीको मुख्य अतिथिका रूपमा सहभागिता रहनेछ, र स्थानीय, प्रदेश र केन्द्र सरकारका तर्फबाट प्रतिनिधिहरूको प्रत्यक्ष र सक्रिय सहभागिता रहनेछ।

अवसरको संकेत

शँकरापुरका नागरिक, स्थानीय संघ-संस्थाहरू, बौद्धिक व्यक्तित्व र कलाकारहरूको सक्रिय सहयोगले यो महोत्सवलाई सफल बनाउने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा इमेज च्यानलका महाप्रबन्धक रघुबर भक्त मानन्धरले पनि साँखुका ऐतिहासिक र सांस्कृतिक महत्वलाई समेट्दै भने, “काठमाण्डौ नजिकै रहेर पनि यो ऐतिहासिक शहर छायामा परेको छ, अब समय आएको हो यसलाई उजागर गर्नका लागि।”

साँखुको मौलिकता र संरक्षणको माध्यमबाट संपूर्ण नगरपालिकाको आर्थिक र सामाजिक समृद्धिलाई प्रवर्धन गर्ने यो महोत्सवले सबैको चासो र सहभागितासँग सफलता प्राप्त गर्नेमा आशा गरिएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता