काठमाडौं— नेपालभाषाको नयाँ म्युजिक भिडियो ‘लिफ: लिफ: तुला:’ को भव्य विमोचन सम्पन्न भएको छ। काठमाडौंको खुसीबुँस्थित काजि क्याफेमा आयोजित कार्यक्रममा बागमती प्रदेशकी सांसद समिता खड्गी श्रेष्ठले भिडियोको औपचारिक लोकार्पण गरेकी हुन्।

विमोचन कार्यक्रममा सांसद खड्गीले गीतका रचनाकार रमेश महर्जनलाई वकिलका रूपमा मात्रै चिनेको तर उहाँको सिर्जनात्मक पक्ष समेत उत्कृष्ट रहेको बताइन्। साथै, स्थानीय भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा महर्जनको टिमले उठाएको कदमको प्रशंसा गरिन्। उनले बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषाका लागि अनुवादकको व्यवस्था गरिरहेको भन्दै इच्छुकहरूलाई आवेदन दिन आग्रह गरिन्।
कार्यक्रममा वरिष्ठ डान्स डाइरेक्टर भुवन श्रेष्ठ, काठमाडौं महानगरपालिका–१७ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता नविन मानन्धर विशेष अतिथि रहेका थिए।

प्रवक्ता मानन्धरले पाहां चःह्रेको अवसर पारेर विमोचित गीतलाई सबैले प्रवर्द्धन गर्नुपर्ने बताए। यस गीतको प्रचार-प्रसार सबैको जिम्मेवारी रहेको भन्दै नेपालभाषा संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान दिन आग्रह गरे।
प्रमुख अतिथि सांसद खड्गीले म्युजिक भिडियोका सम्पूर्ण टिमलाई मायाको चिना प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट सिर्जनाहरू ल्याउन शुभकामना दिइन्।
भिडियोको निर्देशन राजु महर्जन र सुष्मा सिंहले गरेका छन् भने निर्माण तारा देवी महर्जनले गरेकी हुन्। किशोर कुमार शाही र दीपा महर्जनको आवाज रहेको गीतमा संगीत शिव शाहीले दिएका छन्। भिडियोमा रविन्द्र महर्जन र रेश्मा महर्जनको अभिनय छ भने नृत्य निर्देशन सुष्मा सिंहले गरेकी छन्। छायांकन धर्म मानन्धर, सम्पादन विमल मानन्धर र बालकृष्ण बंसीले गरेका हुन्।
नेपालभाषाको सौन्दर्य झल्काउने यो म्युजिक भिडियोलाई दर्शक-श्रोताले मन पराउने विश्वास गरिएको छ।
यो गीत अनलाइन संसारको युट्युब च्यानलमा हेर्न सकिन्छ:
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


