‘च्याब्रुङको गीत’ बाट जन्मियो ‘जारी २’

‘च्याब्रुङको गीत’ बाट जन्मियो ‘जारी २’

मेट्रो संवाददाता

१ कार्तिक २०८२ ९:३४

कवि तथा कथाकार उपेन्द्र सुब्बाले ‘कबड्डी’ शृङ्खलाबाट चलचित्र लेखनमा प्रवेश गरेपछि अब ‘जारी’को सफलतापछि ‘जारी २ : सङ अफ च्याब्रुङ’ लिएर आएका छन् । लिम्बू समुदायको संस्कृति र कथामा आधारित यो फिल्म आगामी कात्तिक २१ गते प्रदर्शन हुने तयारीमा छ ।

पहिलो ‘जारी’ हिट भएपछि सुब्बाले श्रृङ्खला अघि नबढाउने बताएका थिए, तर च्याब्रुङ गीतको कथा आएको कारण उनले आफ्नो अडान बदले । “मैले श्रृङ्खला अगाडि नबढाउने सोच राखेको थिएँ, तर च्याब्रुङको कथा आएपछि निरन्तरता दिनैपरेको महसुस भयो,” निर्देशक सुब्बाले भने ।

‘जारी २’ मा उही समाज र पात्रहरू छन्, तर सात वर्षपछि उनीहरूका जीवनका परिवर्तनहरू देखाइनेछन् । विजय बराल, दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

सुब्बाका अनुसार, फिल्ममा कुनै व्यावसायिक दबाब राखिएको छैन । “पहिलो भागको सफलताले होइन, सिर्जनाको भावनाले चलचित्र बनाएको छु । मेहनतले नै सफलता दिलाउँछ भन्नेमा विश्वास गर्छु,” उनले बताए ।

साहित्य र चलचित्र दुवै क्षेत्रमा सक्रिय सुब्बाले चलचित्रमा साहित्यको गहिराइ अझ बढाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता