GRUNT ARM WRESTLING CHAMPIONSHIP 2025 सम्पन्न, रोमन महर्जन च्याम्पियन

GRUNT ARM WRESTLING CHAMPIONSHIP 2025 सम्पन्न, रोमन महर्जन च्याम्पियन

मेट्रो संवाददाता

२१ फागुन २०८१ १६:१५

काठमाडौंमा आयोजित GRUNT ARM WRESTLING CHAMPIONSHIP 2025 सफलता पूर्वक सम्पन्न भएको छ।

गोविन्द सिंहको आयोजनामा सम्पन्न यो प्रतियोगितामा नेपालभरिका उत्कृष्ट आर्म रेसलरहरू सहभागी भएका थिए। खेलाडीहरूले आफ्नो बल, धैर्य र प्रविधि प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गरे।

प्रतियोगितामा विभिन्न तौल समूहका विजेताहरू घोषित भए। ०-६० के.जी. समूहमा सिद्धार्थ श्रेष्ठ च्याम्पियन बने भने सुमन नापित दोस्रो र निश्चल खड्गी तेस्रो भए। ६०-७० के.जी. समूहमा से सङ लिम्बू प्रथम भए, निक जङ शेर्पा दोस्रो र समिक प्रधान तेस्रो स्थानमा रहे। ७०-८० के.जी. समूहमा रोमन महर्जन च्याम्पियन बने, इड्रिम राई दोस्रो र सालोन तामाङ तेस्रो भए। ८० के.जी.भन्दा माथिको समूहमा राहुल शर्मा पहिलो, सरोज घिसिङ दोस्रो र सरोज परियार तेस्रो भए।

प्रतियोगिताको सबैभन्दा ठूलो उपाधि च्याम्पियन अफ च्याम्पियन (COC) रोमन महर्जनले जिते। सिद्धार्थ श्रेष्ठ दोस्रो र राहुल शर्मा तेस्रो भए। प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता प्रतिस्पर्धाहरूले आर्म रेसलिङ खेलको लोकप्रियता बढाउन मद्दत गर्नेछ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता