इन्धन बोकेको ट्याङ्कर दुर्घटनामा १०८ जनाको मृत्यु : ९२ जना जलेर घाइते

इन्धन बोकेको ट्याङ्कर दुर्घटनामा १०८ जनाको मृत्यु : ९२ जना जलेर घाइते

मेट्रो संवाददाता

२१ कार्तिक २०७८ १३:२१

फ्रिटाउन । सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्याङ्कर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । 

सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीर जलेको बताइएको छ । 

सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रवार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या १०८ पुगेको यहाँका अधिकारीहरूले शनिबार जनाएका छन् । 

शनिबार राति सम्ममा १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नुभएको छ । यहाँका उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु करिब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो । 

उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि १०८ जनाको मृत्यु भइसकेको र अरु ९२ जनाको उपचार भइरहेको बताएका छन् । यहाँका चिकित्सकहरूले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् । तीमध्ये कतिपय दुर्घटना स्थलका स्थानीय छन् भने अरु केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन् । 

इन्धन बोकेको ट्याङ्कर अर्को एउटा सवारी साधनसँग ठोक्किएपछि इन्धन पोखिएको थियो । पोखिएको सो इन्धन उठाएर लिने क्रममा यहाँका स्थानीय व्यक्तिहरुबीच निकै भिडभाड भएको थियो । 

त्यस्तै यी दुई सवारी साधन ठोक्किएपछि त्यस समयमा सडकमा पनि मानिसहरू हिँडेका र केही भने आफ्नै सवारी साधनमा रहेका थिए । उनीहरू पनि सो दुर्घटनामा परेका थिए । 

उनीहरूलाई नै पछि आगोले छोएको थियो । आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना लगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएको थियो भनेका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरूले जनाएका छन् । 

इन्धन पोखिएको र त्यसपछि सोही इन्धनमा आगो सल्किएकाले आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए । यहाँका राष्ट्रपति जुलियस मादा बायोले देशमा निकै ठूलो मानवीय क्षति भएको बताउनुभएको छ । 

यस दुर्घटनाले आफूलाई अति दुखित बनाएको उहाँले बताउनुभएको छ । 

यहाँका प्रहरी अधिकारीहरूले १०८ जनाको शव शव गृहमा राखिएको बताएका छन् । ती सबै शवहरू जलेको अवस्थामा छन् ।रासस/सिन्ह्वा

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता