कामपा वडा २५ को अध्यक्षमा डंगोल निर्वाचित : वडाको दलित महिला सदस्य पद खाली 

कामपा वडा २५ को अध्यक्षमा डंगोल निर्वाचित : वडाको दलित महिला सदस्य पद खाली 

मेट्रो संवाददाता

९ जेठ २०७९ ०:०४

काठमाडौँ महानगरको वडा नं. २५ को अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डंगोल निर्वाचित हुनुभएको छ । गएको बै्रशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को परिणाम घोषणा गर्दै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले यस सम्बन्धी जानकारी दिएको हो । डंगोलले ९१३ मत प्राप्त गर्नुभउको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बाबुराजा महर्जनले ८०१ मत प्राप्त गर्नुभएको छ । 

वडाको महिला सदस्यमा १ हजार ११७ मत ल्याएर रुपा प्रजापती, वडा सदस्य पदमा ९३५ मत ल्याएर कृष्ण प्रजापती र ९३२ मत ल्याएर लिनोदवीर सिंह तुलाधर निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । 

वडाको दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेकाले पद खाली नै छ । 

वडाध्यक्ष पदका लागि ४ जना स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको थियो । यसैगरी महिला सदस्य पदमा ५ जना र सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको थियो । 

वडामा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेकोले यो पद खाली छ । यसरी दलित महिला सदस्य पदमा उम्मेदवारी नपर्ने २ वटा वडामध्ये अर्को वडा २४ हो । 

  • ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

    ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

    📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ। 💰 गोर्खा, गौतमश्री, शिव शिखर, आइडियल यमुना, ओरियन्टल को–अपरेटिभ र कान्तिपुर सहकारीका बचतकर्ताले रकम फिर्ता पाएका हुन्। समितिले ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरेको जनाएको छ। पहिलो चरणमा…


  • पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    ⚖️ सर्वोच्चको अन्तरिम आदेश : पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ। 🚨 भाग्न सक्ने जोखिम, व्यक्तिको व्यवहार वा आफू तथा अरूलाई क्षति पुर्‍याउन सक्ने अवस्था देखिएमा मात्र हतकडी प्रयोग गर्न सकिने अदालतको आदेश छ। 📌 जाहेरी परेको, पक्राउ पुर्जी जारी…


  • काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

    काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत अर्याललाई काजमा काठमाडौँ महानगरपालिकामा पठाउने निर्णय गरेको हो। यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। मन्त्रिपरिषद्ले यससँगै सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ। उनी यसअघि पूर्वाधार…


६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता