पशुपतिको ब्रजेश्वर जात्रा रोकिने अवस्थामा

पशुपतिको ब्रजेश्वर जात्रा रोकिने अवस्थामा

मेट्रो संवाददाता

७ चैत २०७६ २१:४४

पशुपति विकास कोषले मुआब्जा रकम नदिएकाले यो बर्ष बज्रेश्वर माता (पिंगला माई) जात्रा संचालन नहुने स्थितिमा पुगेको छ । देश र जनताको कल्याण कामनाका साथै हुरी बतास, अग्नी, जल, रोगब्याधि जस्ता प्रकोप नहोस् भन्ने कामनासाथ यो जात्रा आयोजना हुँदै आएकोछ । जात्राको ४ दिन अघिदेखि वैदिक तथा तान्त्रिक विधिद्वारा देशोद्धार पूजा (दे–पूजा) गर्ने परम्परा रहेको छ । जात्रा प्रत्येक बर्ष चैत्र महिनाको कृष्णपक्ष द्वादसीका दिन हुँदै आएको छ । बज्रेश्वर माताको जात्रा परम्परा चार वर्ण ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र बसी जातीय सद्भावकासाथ संचालन हुने विशिष्ट महत्वको पूजा तथा जात्रा हो ।

देशोद्धार पूजा संचालन समितिले प्रेस विज्ञप्तिमार्फत पशुपति विकास कोषले मुआब्जाबाट प्राप्त रकम हस्तान्तरणमा बेवास्ता गरेको कारण जात्रा रोकिने अवस्था आएको जनाएको छ । यो जात्रा रोकिँदा उपत्यकाका अन्य परम्परामा समेत असर पर्ने हुनाले बिना आयस्था पनि जात्रा निरन्तर गर्ने समितिले जनाएको छ । तर यो अवस्थाको जिम्मेवार पशुपति विकास कोष नै हुने भन्दै मुआब्जा रकमको अक्षयकोष खडा गर्ने समितिको चाहना रहेको उल्लेख गरिएको छ ।

समितिले विज्ञप्तिमा उल्लेख गरेअनुसार आफ्नै पुर्खाले नीजि सम्पति जग्गा राखी त्यसबाट प्राप्त आम्दानीबाट संचालन हुँदै आएको यस पर्व संचालनमा राज्य र पशुपति विकास कोषबाट सहयोग नलिएको उल्लेख छ । तर २०७६ साल जेष्ठ ३० गते आयस्थाको रुपमा रहेको १३ रोपनी जग्गा पशुपति विकास कोषले अधिग्रहण गरेको थियो । मोहीलाई मुआब्जा वितरण गरी घरघडेरी समेत उपलब्ध गराइसकेको अवस्थामा गुठीयारहरुले भने मुआब्जा प्राप्त गर्न सकेका छैनन् । कोषले मुआब्जा हस्तान्तरणका लागि संस्था दर्ता तथा बैंक खाता खोल्न आग्रह गरेअनुसार प्रक्रिया पुरा गरीसकेपछि पनि देशोद्धार पूजा संचालन समितिका नाममा मुआब्जा रकम जम्मा गर्न आनाकानी गरिरहेको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता