साँखुको बज्रयोगिनी जात्रा स्थगित, रणबहादुरको शासनकालमा विफरको महामारीमा पनि रोकिएको

साँखुको बज्रयोगिनी जात्रा स्थगित, रणबहादुरको शासनकालमा विफरको महामारीमा पनि रोकिएको

मेट्रो संवाददाता

२१ चैत २०७६ २३:३०

कोरोनाको संक्रमणको खतरालाई ध्यानमा राखेर यसपालीको बज्रयोगिनी उग्रतारा जात्रा स्थगित गरेको छ । हाल कोरोना भाईरस ९कोभिड १९० ले महामारीका रुपमा विश्वलाई नै आतङ्कित पारिरहेको छ । यस्तो अवस्थमा संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले लकडाउनको घोषणा गरेको हो । सोही लकडाउनलाई मध्येनजर गरी कोरोना संक्रमण फैलन नदिन जात्रा रोकिएको हो ।
बज्रयोगिनीको जात्रा हरेकवर्ष चैत्रशुक्लपूर्णिमा देखि आठ दिनसम्म मनाइन्छ । यो जात्रा कालिगत संवत् १८१८ मा राजा शंखदेवको शासनदेखि चलिआएको विश्वास गरिन्छ । यो जात्रामा बज्रयोगिनी उग्रतारा देवीसँगै चैत्य, सिंहीनी, ब्याघ्रिनी मूर्तिलाई खटमा राखी साँखु नगर परिक्रमा गराइन्छ ।
तीनहजार तीनसय वर्ष पुराना इतिहास भएको यो जत्रा अहिलेसम्म तीनपटक मात्र स्थगित भएको पाइन्छ । पहिलो वि.सं. १९७० मा बज्रयोगिनी देगलमा आगलागि हुँदा, दोस्रो रणबहादुरको शासन कालमा विफरको माहामारी हुँदा जात्रा रोकिएको इतिहास छ । र अहिले कोरोना कोभिडको संक्रमण फैलन नदिन जात्रा रोकिएको छ ।
यसपालि जात्रा नगरिकन गर्नैपर्ने पुजामात्र गरिने जानकारी प्राप्त भएको ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता