कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

मेट्रो संवाददाता

२२ चैत २०७६ १३:०१

नेपाल नेशनल अस्पताल कलङ्कीले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी लिन हटलाइन सेवा शुरु गरेको छ । अस्पतालले रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा अस्पताल परिसर कलङ्कीमा निःशुल्क हटलाइन सेवा शुरु गरेको हो। अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले विश्वव्यापीरूपमा फैलिँदै गएको कोराना र अन्य स्वास्थ्य सेवा घरबाटै बसेर लिन सकिने गरी अस्पतालले हटलाइन सेवा सञ्चालन गरेको जानकारी दिनुभयो। उहाँले कुनै पनि प्रकारको स्वास्थ्य परामर्श लिन परेमा ११४७ नम्वरमा फोन गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ। यस्तै अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कोरोना रोगको उपचारका लागि आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता