एकैचोटी नयाँ तीन कोरोना संक्रमित भेटियो, आफन्तमा पनि सरेको देखियो

एकैचोटी नयाँ तीन कोरोना संक्रमित भेटियो, आफन्तमा पनि सरेको देखियो

मेट्रो संवाददाता

२२ चैत २०७६ १३:३९

काठमाडौं, चैत २२ ।

नेपालमा थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

केही दिन बिराएर एक एक जना मात्र कोरोना भाइरस संक्रमित फेला परिरहेको अवस्थामा आज शनिबार एकै पटक तीन जना संक्रमित फेला परेको पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१

वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।

३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि स्वास्थ्य मन्त्रालयले जानाएको छ ।

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता