लकडाउनका तथा वर्षाका कारण रानीपोखरीको पुनःनिर्माणमा ढिलाइ (फाेटाे फिचर)

लकडाउनका तथा वर्षाका कारण रानीपोखरीको पुनःनिर्माणमा ढिलाइ (फाेटाे फिचर)

मेट्रो संवाददाता

२८ जेठ २०७७ २३:४७

२८ जेठ, काठमाडाैं । भूकम्प गएकै दिन उद्घाटन गर्ने योजना रहेको रानीपोखरीको पुनःनिर्माण लकडाउनका कारण पुरा हुन सकेन ।

अहिले रानीपोखरीको ८० प्रतिशत काम सकिएको र मन्दिरको काम पनि ४० प्रतिशत काम सकिसकेको छ । कुनै बेला ‘चुना र शुर्की अहिलेको जमानामा नपाइने’ भन्दै पुरातत्व विभागले रानीपोखरीलाई आधुनिक शैली र स्वरुपमा पुनर्निर्माण गर्ने खोजेको समाचार आएको थियो ।

पुरातत्व विभागका एक अधिकृतले पोखरीमा कंक्रिट प्रयोग गर्नु गलत हो तर मल्लकालीन शैली र स्वरुपमा रानीपोखरीको पुनर्निर्माण अहिलेको जमानामा सम्भव छैन भनेका थिए ।

राजा प्रताप मल्लले विसं १७२७ कात्तिक १७ गते रानीपोखरी निर्माण गरेका थिए। विसं १९९० को भूकम्पले भत्किएपछि पुनर्निमाण गरिएको रानीपोखरी पुनः २०७२ को भूकम्पमा क्षति भएको हो।

पुनर्निर्माण क्रममा रहेको रानीपोखरीमा दुई दिनअघि जमेको वर्षाको पानीले समस्या उत्पन्न भएको छ। पिँध निर्माण नसकिँदै आकासेपानी जम्दा काम रोकिएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता