मेट्रो संवाददाता
१० असार २०७७ ७:३३
१० असार, काठमाडाैं ।
भारतीय कलाकार सुशान्तसिंह राजपुतले मुम्बईको अपार्टमेन्टमा झुण्डिएर देह त्याग गरे । सुसान्तको आत्महत्याले गर्दा बलिउड तरगिंत भइरहेको छ । उनको निधनसँगै बलिउड स्तब्धमा मात्र नभई नातावाद र परिवारवादको बहसमा पनि मुछिएको छ ।
उनलाई बलिउडले वास्ता नगरेको कारण उनले आत्महत्या गरेको भन्दै सुसान्तका प्रशंसकहरुको भनाई छ ।प्रशंसकहरुले एउटा कलाकारलाई कसरी असफल गर्ने भनेर केही बलिउडका कलाकारहरु र निर्देशक निर्माताहरुले भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।
सुशान्तलाई बलिउड बाहिरको भनी हेला गरिएको र सोही कुरामा उनी डिप्रेशन हुँदै ज्यान फालेको धेरैको अनुमान रहेको छ । भारतमा नातावाद अत्याधिक देख्न सकिन्छ । कपुर खानदान, यशराज फिल्म्स, सलमान खान, करण जोहर र राकेश रोशनलाई नातावादको आरोप लागेको छ ।
वर्तमान परिस्थितिमा बलिउडलाई परिवारवाद र नातावादको साथै समुहगत तवरले अगाडि बढेकाले अरु प्रतिभावानलाई स्थान नदिइने काम भइरहेको आरोप लागेको छ । मानिसको मानसिकता आजकाल दुषित भएको भन्दै आवाज बुलन्द पारेका छन् । जहाँपनि आफ्नो निहित स्वार्थका लागि काम भइरहेको अवस्था छ । बलिउडमा कलाकारबीच पनि आफ्नो क्यारियर बचाउन प्रतिभावानहरुलाई समेत कुदृष्टि लगाउने गरेको पाइन्छ । बलिउडको परिवारवाद र समूहगतको असरले सुसान्त जस्तै प्रतिभावानहरु बलिउडबाट पलायन हुन बाध्य बनाउने हो त्यो समयले देखाउने छ ।
बलिउड कसैको पेवा होइन । तर आफ्नो पैतृक सम्पत्ति जस्तो पेवा ठानेर समूहगत कलाकारहरु जम्मा गर्ने काम भइरहेकोले सुसान्त जस्तै प्रतिभावान कलाकारलाई अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने कार्य भएको छ । वलिउडका कति कलाकारले समुहगत कलाकार, निर्माता तथा निर्देशकहरुले आफूलाई वास्ता नगरेको कारण डिप्रेसनका कारण आत्महत्यासमेत गर्नु परेको प्रचारमा आएको छ । समूहगत कलाकार, निर्देशक तथा निर्माताहरुले हरेक कलाकार आफ्नो क्षमता र दक्षताको आधारमा उचाइको सिंढि चढ्नमा बाधा उत्पन्न गरेको पाइन्छ ।
वर्तमान समयमा बलिउडको बक्रदृष्टि व्यवहारले गर्दा मिडियामा यसको व्यापक रुपले विरोधको आवज बुलन्द भइरहेको छ । कुशल भावनालाई प्राथमिकता दिएर अगाडि बढ्ने हो । दिमागमा नकारात्मक भावना, सोच उत्पन्न गरी अरुलाई बिगार्ने नियतले अकुशल भावनालाई जन्म दिएर आफ्नो कर्म अघि बढाउनेहरुको कमि छैन । समाजलाई सुधार्ने नियतले फिल्म बनाइने भएता पनि गलत नियतले फिल्म बनाउनेको जमात धेरै भएकाे सुसान्तको आत्महत्या घटनाले प्रस्त पारेको छ ।
बलिउडमा परिवारवाद, नातावाद र समूहगतलाई हटाएर अघि बढ्न फिल्मप्रति माया गर्नेहरुले विरोधको आवाज राखिरहेको छ । गलत तवरले अघि बढेको फिल्मलाई बहिष्कार गर्ने कदम चालेको देखिन्छ । यो एउटा खुल्लापनलाई साथ दिने पहलकदम भइ बलिउडमा उभिएको छ । साथै यस किसिमको विरोधका आवाज विश्वभरबाट क्षमतावानहरुलाई खालीपनमा साथ दिन उठिरहेको छ ।
आजकल मानिसले आफ्नो मानवीय भावनालाई त्याग गरेर विकृतिपूर्ण सोच अंगालेका कारण बलिउडमा नवोदित कलाकारहरुलाई निराश पारेका छन् । आफ्ना कलाकारलाई मात्र स्थान दिने र अरुलाई घेरा बाहिर राख्ने रणनीतिले गर्दा बलिउड विकृतिको शिकार भएको छ । निर्माताहरुले समेत परिवारवाद र नातावादलाई टेवा दिएको आरोप छ ।
मानवीय भावना अन्त भयो भने सामाजिक जनजीवनसमेत शान्तिपूर्णरुपले अघि बढ्न गाह्रो हुन्छ । समाज सुधारको आधार भनेको सिकाइको हो र नाताबाद र परिवारवादका कारण सिकाइमा रहेकालाई हेपाहा प्रवृति देखायो भने समाजमा बाच्न गाह्रो हुन्छ । बलिउडमा सुसान्तको आत्महत्याको कारणहरु खोज्न थाल्यो भने सिनियर कलाकारहरुले असाध्यै हेपाहा दृष्टि राख्ने विभिन्न फिल्मबाट देख्न सकिन्छ । मानवीय भावनालाई नै लत्याएर अघि बढेकोमा डिप्रेसनमा कोही पनि जान्छ ।
समुदाय विना मानव बाच्नुको सार्थकता नभएको एकातिर छ भने अर्कोतिर समुदायले नै कुनै ब्यक्तिलाई डिप्रेसनमा धकेल्ने कार्य भइरहेको पाइन्छ । जीवनमा अवहेलना, वेइज्जत सहेर बाच्नु परेमा जीवनको धेरै जसो इच्छा आकांक्षा र लक्ष्यलाई पूरा गर्न गाह्रो हुन्छ । मानिसले आफ्नो विवशतालाई जित्न सकेन भने आत्महत्याको बाटो रोज्छ । कसैलाई पनि मजाकको पात्र बनाउनु भनेकै समाजलाई दुषित वातावरणमा अघि लानु हो । यसलाई मनन गरेर यस्तो कुकर्मबाट आफू र समाजका अरुलाई पनि टाढा राख्नु अपरिहार्य छ । यहि नै भविष्यको लागि नैतिक शिक्षा हुनेछ ।
RECOMENDED News
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव, पर्यटक आकर्षणको नयाँ आयाम
काठमाडाैं : पोखराको पामे क्षेत्रमा यो वर्षको पुस ९ गतेदेखि ९ दिने बीवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने भएको...
३ पुष २०८१ ९:०६ |मेट्रो संवाददाता
काठमाडौं महानगरपालिकाको प्राथमिकता विवाद: आधारभूत आवश्यकता उपेक्षा गर्दै अनावश्यक निर्माणकार्य ?
काठमाडौं महानगरपालिका नेपालको प्रशासनिक र सांस्कृतिक केन्द्र हो, जहाँ विकासका थुप्रै योजना सञ्चालनमा छन्। तर, ठूला प्रचारमुखी परियोजनामा...
७ मंसिर २०८१ ८:३६ |मेट्रो संवाददाता
नेपाल संवत्का विरोधीहरू अझै सक्रिय
नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः नेपाली मात्रका विभूति हुन् भन्नेमा दुई मत छैन । यस संवतको विशेषता मौलिक राष्ट्रिय...
२१ कार्तिक २०८१ १०:०९ |केके मानन्धर
अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न
वाशिङ्टन डिसी (अमेरिका) :नेपालका तराई क्षेत्रमा विशेष महत्वसाथ मनाइने छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायद्वारा उल्लासपूर्वक मनाइएको छ।...