आत्महत्या : समाजमा अवहेलना र वेइज्जत, आकांक्षा र लक्ष्य पूरा नहुनु

आत्महत्या : समाजमा अवहेलना र वेइज्जत, आकांक्षा र लक्ष्य पूरा नहुनु

मेट्रो संवाददाता

१० असार २०७७ ७:३३

१० असार, काठमाडाैं ।

भारतीय कलाकार सुशान्तसिंह राजपुतले मुम्बईको अपार्टमेन्टमा झुण्डिएर देह त्याग गरे । सुसान्तको आत्महत्याले गर्दा बलिउड तरगिंत भइरहेको छ । उनको निधनसँगै बलिउड स्तब्धमा मात्र नभई नातावाद र परिवारवादको बहसमा पनि मुछिएको छ ।

उनलाई बलिउडले वास्ता नगरेको कारण उनले आत्महत्या गरेको भन्दै सुसान्तका प्रशंसकहरुको भनाई छ ।प्रशंसकहरुले एउटा कलाकारलाई कसरी असफल गर्ने भनेर केही बलिउडका कलाकारहरु र निर्देशक निर्माताहरुले भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

सुशान्तलाई बलिउड बाहिरको भनी हेला गरिएको र सोही कुरामा उनी डिप्रेशन हुँदै ज्यान फालेको धेरैको अनुमान रहेको छ । भारतमा नातावाद अत्याधिक देख्न सकिन्छ । कपुर खानदान, यशराज फिल्म्स, सलमान खान, करण जोहर र राकेश रोशनलाई नातावादको आरोप लागेको छ ।

वर्तमान परिस्थितिमा बलिउडलाई परिवारवाद र नातावादको साथै समुहगत तवरले अगाडि बढेकाले अरु प्रतिभावानलाई स्थान नदिइने काम भइरहेको आरोप लागेको छ । मानिसको मानसिकता आजकाल दुषित भएको भन्दै आवाज बुलन्द पारेका छन् । जहाँपनि आफ्नो निहित स्वार्थका लागि काम भइरहेको अवस्था छ । बलिउडमा कलाकारबीच पनि आफ्नो क्यारियर बचाउन प्रतिभावानहरुलाई समेत कुदृष्टि लगाउने गरेको पाइन्छ । बलिउडको परिवारवाद र समूहगतको असरले सुसान्त जस्तै प्रतिभावानहरु बलिउडबाट पलायन हुन बाध्य बनाउने हो त्यो समयले देखाउने छ ।

बलिउड कसैको पेवा होइन । तर आफ्नो पैतृक सम्पत्ति जस्तो पेवा ठानेर समूहगत कलाकारहरु जम्मा गर्ने काम भइरहेकोले सुसान्त जस्तै प्रतिभावान कलाकारलाई अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने कार्य भएको छ । वलिउडका कति कलाकारले समुहगत कलाकार, निर्माता तथा निर्देशकहरुले आफूलाई वास्ता नगरेको कारण डिप्रेसनका कारण आत्महत्यासमेत गर्नु परेको प्रचारमा आएको छ । समूहगत कलाकार, निर्देशक तथा निर्माताहरुले हरेक कलाकार आफ्नो क्षमता र दक्षताको आधारमा उचाइको सिंढि चढ्नमा बाधा उत्पन्न गरेको पाइन्छ ।

वर्तमान समयमा बलिउडको बक्रदृष्टि व्यवहारले गर्दा मिडियामा यसको व्यापक रुपले विरोधको आवज बुलन्द भइरहेको छ । कुशल भावनालाई प्राथमिकता दिएर अगाडि बढ्ने हो । दिमागमा नकारात्मक भावना, सोच उत्पन्न गरी अरुलाई बिगार्ने नियतले अकुशल भावनालाई जन्म दिएर आफ्नो कर्म अघि बढाउनेहरुको कमि छैन । समाजलाई सुधार्ने नियतले फिल्म बनाइने भएता पनि गलत नियतले फिल्म बनाउनेको जमात धेरै भएकाे सुसान्तको आत्महत्या घटनाले प्रस्त पारेको छ ।

बलिउडमा परिवारवाद, नातावाद र समूहगतलाई हटाएर अघि बढ्न फिल्मप्रति माया गर्नेहरुले विरोधको आवाज राखिरहेको छ । गलत तवरले अघि बढेको फिल्मलाई बहिष्कार गर्ने कदम चालेको देखिन्छ । यो एउटा खुल्लापनलाई साथ दिने पहलकदम भइ बलिउडमा उभिएको छ । साथै यस किसिमको विरोधका आवाज विश्वभरबाट क्षमतावानहरुलाई खालीपनमा साथ दिन उठिरहेको छ ।

आजकल मानिसले आफ्नो मानवीय भावनालाई त्याग गरेर विकृतिपूर्ण सोच अंगालेका कारण बलिउडमा नवोदित कलाकारहरुलाई निराश पारेका छन् । आफ्ना कलाकारलाई मात्र स्थान दिने र अरुलाई घेरा बाहिर राख्ने रणनीतिले गर्दा बलिउड विकृतिको शिकार भएको छ । निर्माताहरुले समेत परिवारवाद र नातावादलाई टेवा दिएको आरोप छ ।

मानवीय भावना अन्त भयो भने सामाजिक जनजीवनसमेत शान्तिपूर्णरुपले अघि बढ्न गाह्रो हुन्छ । समाज सुधारको आधार भनेको सिकाइको हो र नाताबाद र परिवारवादका कारण सिकाइमा रहेकालाई हेपाहा प्रवृति देखायो भने समाजमा बाच्न गाह्रो हुन्छ । बलिउडमा सुसान्तको आत्महत्याको कारणहरु खोज्न थाल्यो भने सिनियर कलाकारहरुले असाध्यै हेपाहा दृष्टि राख्ने विभिन्न फिल्मबाट देख्न सकिन्छ । मानवीय भावनालाई नै लत्याएर अघि बढेकोमा डिप्रेसनमा कोही पनि जान्छ ।

समुदाय विना मानव बाच्नुको सार्थकता नभएको एकातिर छ भने अर्कोतिर समुदायले नै कुनै ब्यक्तिलाई डिप्रेसनमा धकेल्ने कार्य भइरहेको पाइन्छ । जीवनमा अवहेलना, वेइज्जत सहेर बाच्नु परेमा जीवनको धेरै जसो इच्छा आकांक्षा र लक्ष्यलाई पूरा गर्न गाह्रो हुन्छ । मानिसले आफ्नो विवशतालाई जित्न सकेन भने आत्महत्याको बाटो रोज्छ । कसैलाई पनि मजाकको पात्र बनाउनु भनेकै समाजलाई दुषित वातावरणमा अघि लानु हो । यसलाई मनन गरेर यस्तो कुकर्मबाट आफू र समाजका अरुलाई पनि टाढा राख्नु अपरिहार्य छ । यहि नै भविष्यको लागि नैतिक शिक्षा हुनेछ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता