उपत्यकाभित्र स्मार्ट सिटीको औचित्यमा प्रश्नचिन्ह

उपत्यकाभित्र स्मार्ट सिटीको औचित्यमा प्रश्नचिन्ह

मेट्रो संवाददाता

१७ असार २०७७ १३:५०

नेपाल राष्ट्र मात्र होइन विश्व नै कोरोना महामारीका कारण आक्रान्त रहेको समयमा नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८को निमित्त विनियोजित बजेटमा उपत्यकाभित्र निर्माण गर्न लागिएको चार नयाँ शहरको समेत बजेट विनियोज गरि आमजनतामा आक्रोस उत्पन्न गरिदिएको छ । राष्ट्रको मात्र नभई दाता राष्ट्रहरूकै आर्थिक स्थिति ओरालो लागिरहे को समयमा स्मार्ट सिटि निर्माणको निमित्त विदेशी ऋण समेतले पूर्ति गर्ने योजना जनाई आम जनताको जीवन झनै ऋणात्मक हुने देखिएको छ ।
उपत्यकाभित्र स्मार्ट सहरको औचित्यविषय यहाँका मौलिक आदिवासी जनजाति विस्वस्त हुन सकेको छैन । हाल निर्माण गरिने भनिएको चारवटा सिटी निमार्ण हुँदा एक लाख ३० हजार रोपनी जग्गा कंक्रित जङ्गलमा परिणत हुने छ ।

काठमाडौं उपत्यकाको बस्ती प्राचीन बस्ती हो र यो पहिला देखि नै ब्यवस्थित सहरको रूपमा विश्व विख्यात रहेको छ । यहाँको प्राचीन सहर र मानव वस्तिको विकास समतल भूभागमा खेतिपाति र उचाई भूभागमा मानव वस्ती विकसित गरेको पाइन्छ । तर हाल वाहिर जिल्लाबाट आइ काठमाडौंमा बसोवास गर्न आउने आप्रवासीहरूको अनियन्त्रित बसोवास, विकासको नाममा जथाभावी भौतिक संरचना निर्माणका कारण यहाँ वैज्ञानिकरूपमा विकसित गरिएको वस्ती व्यवस्थापन तहस नहस भइसकेको छ । यस्को निरन्तरता अझै जारी छ ।

उपत्यकाभित्र चार उपशहरको निर्माणले यहाँका सांस्कृतिक सम्पदा, संस्कृति र सभ्यताको अस्तित्व नै अन्त्यहुने संभावना रहेको छ । स्मार्ट सिटी निर्माणमा प्राचीन वस्तीको सरंक्षण कसरी हुन्छ भन्ने कुनै यो जना विना नै यहाँको वातावरण र कृषियोग्य भूमिसमेत प्रभावित हुने गरिकन ती स्मार्ट सिटीको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको समाचार प्रकाशनमा आएको छ । त्यसरी ०७७/०७८ वर्षको आर्थिक बजेटमा समेत उपशहर निर्माण तयारको निमित्त बजेट विनियोजन गरेको छ । यी कार्यहरूबाट यहाँका रैथाने आदिवासीहरूको सोचाइमा काठमाडौं उपत्यकाको शहर निर्माणको नाममा काठमाण्डु उपत्यकालाई ध्वस्त पार्न लागिपरे को काठमाडौं उपत्यकावासीको धारणा रहेको छ । विकासको नाममा जमीन मासेर काठमाडौं उपत्यकाभित्र शरह निर्माण गर्नु भनेको भविष्यका सन्ततिलाई क्रंक्रिट जंगलमा संकुचित गर्नु हो । यहाँका आदिवासी जनजातिहरूको व्यापक विरो घ बाबजुद सरकारले यहाँ शहर निर्माण गर्नुको परिणाम काठमाडौं उपत्यकाभित्र जनघनत्व बढाउनु, प्रदुषण र वातावरण दुषित बनाउनु, कृषि उत्पादन न्यून गराउनु र खाने पानीको चरम अभाव सृजना गर्नु नै हो ।

संघीय नेपालमा प्रत्येक संघ आत्मनिर्भर हुनुपर्दछ र विकासको समान अवसर पाउनु पर्दछ । वर्तमान स्थितिमा अविकसित र अर्धविकसित रहेका संघका अन्य सहरहरूलाई के कसरी विकास एवं व्यवस्थित गर्न सकिन्छ, यस्को बृहत गृहकार्य आवश्यक छ । तर भ्रष्टाचार र कमीशनतन्त्रमा दुबेका कर्माचारीहरू अनियमित तरिकामा अकुट सम्पति आर्जनतिर नै आकर्षित रहेको अनुमान गर्न सकिन्छ ।

सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर स्मार्ट सिटी निर्माण गर्न तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । सहर विकास प्राधिकरणका अनुसार चारवटा सिटी बनाउँदा एक लाख ३० हजार रोपनी जग्गा समेटिने छ ।

पहिलो स्मार्ट सिटी बनाउन चाहिने एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालीनदी पुलबाट तेलकोटहुँदै खरिपाटीसम्म समेट्ने छ । त्यसै गरी, खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिने भएको छ ।

दोस्रो स्मार्ट सिटी भक्तपुरकै सूर्यविनायक जंगलको फेदीहुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिने छ । यी क्षेत्रमा १० हजार रोपनी जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

ते स्रो स्मार्टसिटीमा खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुलहुँदै चोभारसम्मको क्षेत्रफललाई समेटिएको छ । यी क्षेत्रमा सहर बनाउन सरकारले १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटेको छ ।

चौथो, स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको १० हजार रो पनी क्षे त्रफलको जग्गा समेटिएको छ ।

शहर निर्माण गर्नु भने को एक किसिमले सडक, बिजुली, खाने पानी, अस्पताल, शिक्षण संस्था, उद्योग कलकारखाना, रोजगारी आदिको विकास हुनु हो । यसतर्फ यो जनाकारहरूले यी सबै व्यवस्थापन गरेको हुनुपर्छ । तर काठमाडौं उपत्यका बाहेक अन्य जिल्ला प्रदेश, गाउँ, टोल आदिको विकास गर्नेतर्फ सरकारको किन ध्यान जाँदैन, पुग्दैन? काठमाडौं उपत्यकाभित्रै किन ?

काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रदेश वा प्रदेशवासीले किन आफ्नो ठाउँमा विकास हुन विकास देख्न नचाहेको ? किन काठमाडौं मै दुःख खान आउने ? आफ्नो जिल्ला प्रदेश विकास भएमा काठमाडौं उपत्यका आउनै पर्दैन । सबै जिल्ला प्रदेश वा प्रदेशवासीको बेलैमा ध्यान जाओस्, पुगोस् । विकासको अनुभूति काठमाडौं उपत्यकालाई मात्र नभै सबै क्षेत्रको विकास हुनु पर्नेमा यसमा विवाद हुन सक्दैन । यसमा सम्पूर्ण नेपालीले विरोध गरौं, सरकारलाई दवाव दिऔँ ।

आ–आफ्नो क्षेत्र ठाउँको विकास गरौँ गराऔँ । अब पनि निरंकूश पंचायती शासन प्रणालीमा जस्तै विकेन्द्रीकरण नगरी केन्द्रीयीकरण भए गरेमा संघीय गणतन्त्र व्यवस्थाको के औचित्य रह्यो ? विकास निर्माणका कार्य काठमाडौं उपत्यकामा मात्र सीमित हुने नभै सतहत्तर जिल्लामा नै विकास निर्माणका कार्य हुनु पर्ने आजको समयको माग हो ।

लाय्‌कू पाक्षिक


६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता