मेट्रो संवाददाता
२० असार २०७७ १२:१५
भीम उपाध्याय
आफू विश्वमा सबैभन्दा धेरै गॉजा धेरै निर्यात गरेर कमाउने मुलुक अमेरिका, रसिया, चीन र भारत हुन्। अरूलाई वैध गर्नबाट रोक्ने षडयन्त्र गर्नेहरू पनि यिनै मुलुकहरू हुन्।यस्ता मुलुकको षडयन्त्र बुझेरै उरूग्वेले सन् २०१३ मा गॉजा वैध गरिदियो र अहिले सम्म मजाले कमाएको छ। आजसम्म ७० देशले गॉजा वैध गरिसकेका छन्।
तर नेपालको षडयन्त्र फरक छ। नेपालबाट वर्षेनी रू ५० अर्वको गॉजा तस्करीबाट निर्यात हुने अनुमान छ। केही बाठा नेक्ससले तरमारिरहेका छन् अवैध भएर पनि। जनता र सरकारलाई सुको आम्दानी छैन, बरू वर्षेनी गॉजा प्रतिवन्धको ब्यवस्थापन गर्न भनेर गरिबमाथि कर थोपरेर कमाएको सवा एक अर्ब रूपैयॉ जेल ब्यवस्थापन र गॉजा फॉड्नमा खर्च गर्छ। त्यसमाथि वर्षेनी ५०,६० जना गरिबका छोरा प्राकृतिक जहॉतही उम्रने गॉजाको भरिया बनेका युवालाई जेल कोच्छ।
नेपालभरिका प्राकृतिक महाअमृत झार गॉजा फॉड्दै जान वर्षेनी रू १५ खर्ब खर्च गरे पनि पुग्ने छैन। कुन मुर्खको लहलहैमा लागेर नेपालीहरूको बुद्धि भुटियो र आज साढे ४ दशक देखि गॉजा फॉडेको नाटक गरेर अलिअलि गोजी भर्ने र गरिब युवाहरूलाई जेलमा कोच्ने रोगी मुलुक बन्न पुग्यो।
अहिले विश्वका ७० मुलुकले गॉजा वैध गरिसके, कमाउनु कमाई सके। नेपाल भने विदेशमा लाखौ युवा बेचेर कमाएको पैसाले नेता र कर्मचारी पाल्न पाएको छ। गर्नुधर्नु रत्ति केही गिदीको गुदीमा पस्दैन।
अहिले नै गॉजा वैध हुने हो भने नेपालले सन् २०८२ सम्ममा १७० अर्ब डलर कमाई सक्ने अध्ययनले देखाएको छ। यो रकम कति हो नेपालीले सपनामा पनि चिताउन नसक्ने र गन्नै नसक्ने परिमाणको हुन्छ।
स्पेनमा १ ग्राम गॉजाको ७ युरो देखि १० युरोसम्म पर्छ।अर्थात १ के जी को ७ हजार युरोदेखि १० हजार युरो पर्छ, मूल्य रू १० लाख देखि १५ लाख रूपैयासम्म ।
गॉजालाई माया गरौं। ईश्वरले नेपालीलाई लल गरिखाउ भनेर गॉजा जस्तो अमृत वनस्पति फालाफाल प्राकृतिक रूपमै बरदान दिएका हुन्। माल पाएर चाल नपाएको, चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खु्पाको बिँड नबनाऔँ।
– भीम उपाध्याय
गॉजाको गेडा पौष्टिक आहार हो, त्यसले नसा लाग्दैन। मजाले पिठो वा रोटी पकाएर खायो भने भात, गहुँको भन्दा बढी ताकत दिन्छ। गॉजाको पैष्टिक आहार खाने गर्यो भने रोग लाग्दैन, दिमाग तेज हुन्छ, त्यसमाथि लामो आयु हुन्छ।
नेपालमा पनि गॉजा प्रति किलो रू १३,०००/- पर्छ। नेपालका अन्य कुन अन्न वा फलफुल वा तरकारी होला यति मूल्यवान? १० रूपैया किलोमा पनि बेच्न पनि धौधौं पर्ने तरकारी लगाएरै गरिब भइरहने कि, अलिकति भए पनि गॉजा रोपेर प्रतिकिलो रू १३ हजारमा बेच्न पाउने खेती पनि गर्ने? १३०० गुणा बढी आम्दानी हुने खेतीतिर पनि लाग्ने कि गरीबीबाट कहिल्यै नतंग्रिने खेतीमा नै रूमल्लिने?
नेपालमा गॉजालाई वैध गर्न संसदमा पेश गरिएको विधेयकका लक्ष गॉजाबाट औषधि र औद्योगिक सामाग्रीहरूको उत्पादन गर्ने, खेती र ब्यवसाय गर्ने गरी वैध बनाउनका लागि हो। जहॉतही पसलमा गएर जसले पायो उसले किनेर खाने पिउने, खाने वा जसले पनि गॉजा खेती गर्न पाउनका लागि हैन। खेती ब्यावसाय गर्न, उत्पादन गर्न, निर्यात गर्न, सरकारी निकायबाट अनुमति लिनुपर्ने र त्यसका आधारहरू कानुनमा प्रष्ट लेखिएबमोजिम हुने हो। अहिलेको चरणमा गॉजा खुला गर्ने वा खानका लागि वैध गरिने हैन। गॉजा खाने वा बजारमा खुला बेच्ने काम अवैध नै मानिने गरी विधेयक प्रस्तुत गरिएको छ।
नेपाल असार साउन गॉजा पाक्ने बेला हो। कहिले असार आउला, गॉजा फॉड्न पाउँला, कुस्त भत्ता र अन्य सुबिधा कुम्ल्याउँला र पचाउँला भन्ने ताकमा देशभरिका प्रहरी, स्थानीय नेताहरू र क्लबहरूका युवाहरू दिन गनेर कुर्दै बसेका हुन्छन्।
गॉजा उम्रने बेलामा नै मास्ने हो भने यतिका नाटक गर्नेहरूको गोजी कसरी भरिन्थ्यो त ? कसले बुझेको छैन छाल गनेर पैसा कुम्ल्याउन पल्केका नेपाली नेताहरू, युवाहरू, प्रहरीहरू र कर्मचारीहरूको तिगडमबाजी। यो फॉड्ने नाटक गरिएको पनि नेपालमा हुर्केकामध्ये १% गॉजाको पनि हैन। मुलुकभरि जति गॉजा फल्छ, त्यसको १% पनि पुलिसले फॉडेका हुदैनन्। पुलिस, प्रशासन, नेता र स्थानीय युवा सबैले गॉजाबाट अवैध आम्दानी गरिरहेका हुन्छन् ।
मुलुकका वर्षेनी उम्रने सबै गॉजा फॉड्न लाग्ने हो भने मुलुकको सबै रू १५ खर्ब बजेट गॉजा फाड्नैमा खर्च गरे पनि संभवत: पुग्ने छैन।
गॉजालाई माया गरौं। ईश्वरले नेपालीलाई लल गरिखाउ भनेर गॉजा जस्तो अमृत वनस्पति फालाफाल प्राकृतिक रूपमै बरदान दिएका हुन्। माल पाएर चाल नपाएको, चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिँड नबनाऔँ।
सबैले बुझ्नुपर्छ, गॉजाबाट नबन्ने कुनै वस्तु हुदैन।हाम्रो शरीरभित्र गॉजा प्रणाली (Endocannabinoid system) हुन्छ, गॉजा नखाए पनि।आमाको दूधमा गॉजा तत्व हुन्छ। लामो समय दूध खुवाउने आमा र लामो समय आमाको दूध खान पाएको बच्चा मानसिक र शारिरीक रूपमा जिवनभरि स्वस्थ रहनुको कारण यही गॉजा तत्व पर्याप्त खान र खुवाउन पाएर हो। बच्चालाई जति धेरै दूध खुवायो त्यति धेरै शरीरले गॉजा उत्पादन गर्ने हुनाले आमा पनि बढी स्वस्थ हुने भएको हो।हाम्रो शरीर भित्र जति तत्व छन् लगभग त्यति नै तत्व भएको कुनै वनस्पति छ भने त्यो गॉजा हो।
नेपालमा जहॉतहीँ आफै फल्ने यसो सबैले देख्ने ठाउँमा वा कसैले सूचना दिएको अवस्थामा बाहेक कसैलाई गॉजासंग मतलब पनि हुदैन। गॉजाको फुल वा चरेश बनाएर पुलिसबाट जोगिदै वा जोगाउदै तस्करसम्म पुर्याउने काम गरेर गाउँका युवा किसानहरूले पेट पालिरहेका हुन्छन्।गॉउका पुलिसहरूलाई सबै थाहा हुन्छ र ती अधिकाँश उदार पनि हुन्छन्, त्यसैले बुझेरै पक्रन चॉसो पनि दिदैनन्।
दलीय प्रतिद्वन्दिताका कारण कोही कोही गॉजा लुकाएको आरोपमा पक्राउ पर्छन् वा पक्राउ गर्न बाध्य हुनुपर्छ र दु:ख पाउने गर्छन्। पहुँच भएकाहरू पछि छुटाईन्छन् पनि। गरिब, कमजोर, सोझासाझाहरू भने जेलमा कोचिन बाध्य हुन्छन्। त्यसैले ईश्वरले गरिखाउ भनेर नेपालीलाई बरदान दिएको प्राकृतिक झार गॉजालाई अवैध गरेर जनता पक्राउ गर्दै थुनाउने र परिवारलाई पेट पाल्नबाच बन्चित गर्ने काम महापाप हो।गॉजासंग दुस्मनी गर्नु आफ्नो खुट्टामा आफै बन्चरो हानेको हो।त्यसैले गॉजालाई निरपराधिकरण गरियोस्, गॉजालाई वैध गरियोस्।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


