कालजयी गीत राजमतिको कालखण्ड

कालजयी गीत राजमतिको कालखण्ड

मेट्रो संवाददाता

४ साउन २०७७ १५:२४

राजमति कुमति जिके वःसा पिरती – नेपालभाषाको अति नै लोकप्रिय गीत हो । यहि लोकगीत नेपाल देशको पहिलो राष्ट्रिय-गान भएको मान्यता छ । तात्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणको बेला राष्ट्रिय सम्मानमा राष्ट्रिय धूनमा यो लोक गीतको धुन बजाउन लगाइएको थियो । त्यसबेला नेपालमा राष्ट्रिय धूनको प्रचलन सुरु भएको थिएन । र त्यस्तो अवस्थामा नेपाल देशको राष्ट्रिय धून भनी त्यो बेलाको लोकप्रिय गीत राजमति कुमतिको धून बजाउन लगाएको इतिहासमा उल्लेख छ ।

राजमति कुमति एउटा अति नै लोकप्रिय लोकगीत हो भनेर यसैबाट पुष्टि हुन्छ । सन् १९६३ मा नेपालका गोल्डेन भ्वाइस प्रेमध्वज प्रधानको स्वरमा भारतकाे कोलकत्तामा यो गीत रेकर्ड भयाे । जनकवि दुर्गालाल श्रेष्ठको शब्द र प्रेम ध्वज प्रधानको संगीत संयोजनमा यो गीत त्यो बेलाको नयाँ पुस्ताले रुचाउने हिसाबमा रेकर्ड गरिएको छ । प्रेमध्वज प्रधानले यो राजमति कुमति गीत रेकर्ड गरेको २२ वर्षपछि यहि गीतको नाममा एउटा नेपालभाषाको चलचित्र तयार भयो । राजमति नामको एउटा पात्रको जीवनीको आधारमा उक्त चलचित्र निर्माण भयो । न्ह्यू बज्राचार्यको संगीत र जनकवि दुर्गालाल श्रेष्ठको शब्दमा फेरी एकपटक लाकप्रिय गीत राजमति कुमति जिके वसा पिरती पनि यो चलचित्रको अर्को आकर्षणको विषय भइदियो । यसपछि विस्तारै नयाँ नयाँ पुस्ताले लोकप्रिय कालजयी राजमति गीतलाई नयाँ नयाँ तरिकाले पस्कन सुरु गरे ।

राजमति चलचित्र प्रदर्शनमा आइसकेपछि राजमति कुमति गीतको पाश्चात्य संगीतमा धेरै बाहिरन थाल्यो । नयाँ पुस्ताले त झन् लोक बाजामा मात्र होइन राजमति कुमति गीतलाई रक, पप भर्सनमा कभर गीतका रुपमा गाउन थाल्यो । लोकप्रिय गीत भएको कारणले सबैजनाले यो गीत गाउँदै दर्शकमाझ पस्कन थालेका छन् । यतिले मात्र यसको लोकप्रियता रोकिएन, उत्तर भारतका एक क्लासिकल गायक अर्को मुर्खजीले समेत यो राजमति कुमति लोकगीतलाई अन्तरराष्ट्रिय प्लेटफार्ममा लाइभ गाएर सबैको मन जित्न सफल भएको छ ।

राजमति कुमति गीतको इतिहास केलाउँदा यस गीतको धुन वा गीतको सिर्जना कस्ले गर्यो थाहा छैन । लोकगीतको सिर्जना आम जनमानसबाट हुने गरेको पाइन्छ । त्यसैले यो राजमति कुमति लोकगीतको सिर्जकलाई छोडेर यो गीत कुन समयदेखि गाउन थालिएको खासै कसैले भेटाउन सकेको छैन । तर राणा प्रधानमन्त्री जगंबहादुर राणाको बेलायत भ्रमण समयदेखि आधिकारीक दस्तावेज हुने गरी नेपालभाषाको लोकप्रिय गीत राजमति कुमति अगाडि आयो । सन् १८५० मा राणा प्रधानमन्त्री युरोपसँगै बेलायत भ्रमण गएका थिए । सोहि अवसरमा नेपालको लोकप्रिय राजमति कुमति लोकगीत नै पहिलो नेपालको राष्ट्रिय धूनको रुपमा प्राप्त भयो ।

१८५०मा आधिकारीक दस्तावेज मोहर पाएको ५०/६० वर्षपश्चात १९औं शताव्दीकाे पूवार्धमा ग्रामोफोन फर्माटमा राजमति गीत रेकर्ड भयो । सेतुराम श्रेष्ठको आवाजमा यस गीत रेकर्ड भएको हो । नेपाली आधुनिक गीतका आदिगायक सेतुराम श्रेष्ठले भारतको कोलकत्ता शहरमा यो गीत ग्रामोफोन फोर्म्याटमा रेकर्ड गरेका थिए । त्यसबेला भद्रकाली हाउसका साहू जनकलाल श्रेष्ठको पहलमा राजमति कुमति पहिलोपटक रेकर्ड भएको हो । नेवारहरुको पहिचानकाे रूपमा लिइने जनमानसबाट धेरै सुनिएको र रुचाइएको नेपालभाषाको गीत अन्तराष्ट्रिय स्तरमा समेत प्रचार भयो ।

https://youtu.be/LJBhQIEXBxM

वर्तमान समयमा नेवाः संगीत क्षेत्रमा जीवन्त सम्पदा भएको राजमति कुमति गीतको स्वरुप समयकालसँग परिवर्तित हुँदै गइरहेको देखिन्छ । सेतुराम श्रेष्ठले गाएको राजमति गीतको शब्द र प्रेमध्वज प्रधानले गाएको गीतको शब्दको धेरैजसो उहि भएता पति संगीत संयोजन भने धेरै फरक भएको पाइन्छ । प्रेमध्वज प्रधानको स्वरमा भएको गीत भने त्यसबेलाको नेपाली आधुनिक संगीतसँग धेरै नै मेल खान्छ । त्यस्तै न्ह्यू बज्राचार्यको संगीतमा राजमति चलचित्रमा भएको यो गीतमा भने नेवार बाजाको प्रयोग धेरै नै भएको पाइन्छ ।

नेपाल देशलाई स्वतन्त्र देश बनाउनको लागि नेपालभाषा र नेपाललिपिको योगदान इतिहासले थाहा पाएपनि सारा नेपालीले आत्मसाथ गर्न सकिरहेका छैन ।

स्वतन्त्र देशको पहिचानलाई स्थायीत्व दिन नेपालभाषा र नेपालभाषा संगीत क्षेत्रको उत्तिकै योगदान भएको कुरा राणा प्रधानमन्त्री जगंबहादुर राणाको बेलायत भ्रमणबाट स्पष्ट पारेको छ । १९०८ सालमा सेतुराम श्रेष्ठले गार्मोफोन फोर्म्याटमा रेकर्ड भएको गीत नै राजमति कुमति हो । यसबाट के प्रमाणित हुन्छ भने नेपालको पहिलो रेकर्ड गरिएको गीत सेतुराम श्रेष्ठले गाएको राजमति कुमति हो । यसको आधिकारी प्रमाणहरु बाहिरीसकेको छ ।

https://youtu.be/U4S5cfIgvfs

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव, पर्यटक आकर्षणको नयाँ आयाम

काठमाडाैं : पोखराको पामे क्षेत्रमा यो वर्षको पुस ९ गतेदेखि ९ दिने बीवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने भएको...

३ पुष २०८१ ९:०६ |मेट्रो संवाददाता

काठमाडौं महानगरपालिकाको प्राथमिकता विवाद: आधारभूत आवश्यकता उपेक्षा गर्दै अनावश्यक निर्माणकार्य ?

  काठमाडौं महानगरपालिका नेपालको प्रशासनिक र सांस्कृतिक केन्द्र हो, जहाँ विकासका थुप्रै योजना सञ्चालनमा छन्। तर, ठूला प्रचारमुखी परियोजनामा...

७ मंसिर २०८१ ८:३६ |मेट्रो संवाददाता

अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न

वाशिङ्टन डिसी (अमेरिका) :नेपालका तराई क्षेत्रमा विशेष महत्वसाथ मनाइने छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायद्वारा उल्लासपूर्वक मनाइएको छ।...

२३ कार्तिक २०८१ १६:४६ |मेट्रो संवाददाता