कालजयी गीत राजमतिको कालखण्ड

कालजयी गीत राजमतिको कालखण्ड

मेट्रो संवाददाता

४ साउन २०७७ १५:२४

राजमति कुमति जिके वःसा पिरती – नेपालभाषाको अति नै लोकप्रिय गीत हो । यहि लोकगीत नेपाल देशको पहिलो राष्ट्रिय-गान भएको मान्यता छ । तात्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणको बेला राष्ट्रिय सम्मानमा राष्ट्रिय धूनमा यो लोक गीतको धुन बजाउन लगाइएको थियो । त्यसबेला नेपालमा राष्ट्रिय धूनको प्रचलन सुरु भएको थिएन । र त्यस्तो अवस्थामा नेपाल देशको राष्ट्रिय धून भनी त्यो बेलाको लोकप्रिय गीत राजमति कुमतिको धून बजाउन लगाएको इतिहासमा उल्लेख छ ।

राजमति कुमति एउटा अति नै लोकप्रिय लोकगीत हो भनेर यसैबाट पुष्टि हुन्छ । सन् १९६३ मा नेपालका गोल्डेन भ्वाइस प्रेमध्वज प्रधानको स्वरमा भारतकाे कोलकत्तामा यो गीत रेकर्ड भयाे । जनकवि दुर्गालाल श्रेष्ठको शब्द र प्रेम ध्वज प्रधानको संगीत संयोजनमा यो गीत त्यो बेलाको नयाँ पुस्ताले रुचाउने हिसाबमा रेकर्ड गरिएको छ । प्रेमध्वज प्रधानले यो राजमति कुमति गीत रेकर्ड गरेको २२ वर्षपछि यहि गीतको नाममा एउटा नेपालभाषाको चलचित्र तयार भयो । राजमति नामको एउटा पात्रको जीवनीको आधारमा उक्त चलचित्र निर्माण भयो । न्ह्यू बज्राचार्यको संगीत र जनकवि दुर्गालाल श्रेष्ठको शब्दमा फेरी एकपटक लाकप्रिय गीत राजमति कुमति जिके वसा पिरती पनि यो चलचित्रको अर्को आकर्षणको विषय भइदियो । यसपछि विस्तारै नयाँ नयाँ पुस्ताले लोकप्रिय कालजयी राजमति गीतलाई नयाँ नयाँ तरिकाले पस्कन सुरु गरे ।

राजमति चलचित्र प्रदर्शनमा आइसकेपछि राजमति कुमति गीतको पाश्चात्य संगीतमा धेरै बाहिरन थाल्यो । नयाँ पुस्ताले त झन् लोक बाजामा मात्र होइन राजमति कुमति गीतलाई रक, पप भर्सनमा कभर गीतका रुपमा गाउन थाल्यो । लोकप्रिय गीत भएको कारणले सबैजनाले यो गीत गाउँदै दर्शकमाझ पस्कन थालेका छन् । यतिले मात्र यसको लोकप्रियता रोकिएन, उत्तर भारतका एक क्लासिकल गायक अर्को मुर्खजीले समेत यो राजमति कुमति लोकगीतलाई अन्तरराष्ट्रिय प्लेटफार्ममा लाइभ गाएर सबैको मन जित्न सफल भएको छ ।

राजमति कुमति गीतको इतिहास केलाउँदा यस गीतको धुन वा गीतको सिर्जना कस्ले गर्यो थाहा छैन । लोकगीतको सिर्जना आम जनमानसबाट हुने गरेको पाइन्छ । त्यसैले यो राजमति कुमति लोकगीतको सिर्जकलाई छोडेर यो गीत कुन समयदेखि गाउन थालिएको खासै कसैले भेटाउन सकेको छैन । तर राणा प्रधानमन्त्री जगंबहादुर राणाको बेलायत भ्रमण समयदेखि आधिकारीक दस्तावेज हुने गरी नेपालभाषाको लोकप्रिय गीत राजमति कुमति अगाडि आयो । सन् १८५० मा राणा प्रधानमन्त्री युरोपसँगै बेलायत भ्रमण गएका थिए । सोहि अवसरमा नेपालको लोकप्रिय राजमति कुमति लोकगीत नै पहिलो नेपालको राष्ट्रिय धूनको रुपमा प्राप्त भयो ।

१८५०मा आधिकारीक दस्तावेज मोहर पाएको ५०/६० वर्षपश्चात १९औं शताव्दीकाे पूवार्धमा ग्रामोफोन फर्माटमा राजमति गीत रेकर्ड भयो । सेतुराम श्रेष्ठको आवाजमा यस गीत रेकर्ड भएको हो । नेपाली आधुनिक गीतका आदिगायक सेतुराम श्रेष्ठले भारतको कोलकत्ता शहरमा यो गीत ग्रामोफोन फोर्म्याटमा रेकर्ड गरेका थिए । त्यसबेला भद्रकाली हाउसका साहू जनकलाल श्रेष्ठको पहलमा राजमति कुमति पहिलोपटक रेकर्ड भएको हो । नेवारहरुको पहिचानकाे रूपमा लिइने जनमानसबाट धेरै सुनिएको र रुचाइएको नेपालभाषाको गीत अन्तराष्ट्रिय स्तरमा समेत प्रचार भयो ।

https://youtu.be/LJBhQIEXBxM

वर्तमान समयमा नेवाः संगीत क्षेत्रमा जीवन्त सम्पदा भएको राजमति कुमति गीतको स्वरुप समयकालसँग परिवर्तित हुँदै गइरहेको देखिन्छ । सेतुराम श्रेष्ठले गाएको राजमति गीतको शब्द र प्रेमध्वज प्रधानले गाएको गीतको शब्दको धेरैजसो उहि भएता पति संगीत संयोजन भने धेरै फरक भएको पाइन्छ । प्रेमध्वज प्रधानको स्वरमा भएको गीत भने त्यसबेलाको नेपाली आधुनिक संगीतसँग धेरै नै मेल खान्छ । त्यस्तै न्ह्यू बज्राचार्यको संगीतमा राजमति चलचित्रमा भएको यो गीतमा भने नेवार बाजाको प्रयोग धेरै नै भएको पाइन्छ ।

नेपाल देशलाई स्वतन्त्र देश बनाउनको लागि नेपालभाषा र नेपाललिपिको योगदान इतिहासले थाहा पाएपनि सारा नेपालीले आत्मसाथ गर्न सकिरहेका छैन ।

स्वतन्त्र देशको पहिचानलाई स्थायीत्व दिन नेपालभाषा र नेपालभाषा संगीत क्षेत्रको उत्तिकै योगदान भएको कुरा राणा प्रधानमन्त्री जगंबहादुर राणाको बेलायत भ्रमणबाट स्पष्ट पारेको छ । १९०८ सालमा सेतुराम श्रेष्ठले गार्मोफोन फोर्म्याटमा रेकर्ड भएको गीत नै राजमति कुमति हो । यसबाट के प्रमाणित हुन्छ भने नेपालको पहिलो रेकर्ड गरिएको गीत सेतुराम श्रेष्ठले गाएको राजमति कुमति हो । यसको आधिकारी प्रमाणहरु बाहिरीसकेको छ ।

https://youtu.be/U4S5cfIgvfs

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता