मेट्रो संवाददाता
१० साउन २०७७ १:०८
९ साउन, काठमाडाैं / एजेन्सी
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको अध्ययनमा संसारभरका वैज्ञानिक अनुसन्धानमा जुटेका छन् । दिनरात वैज्ञानिकहरुले कोरोना भाइरसका विभिन्न पक्षमा अनुसन्धान गरिरहेका छन् ।
पछिल्लो पटक वैज्ञानिकले कोरोना भाइरसको प्रोटिन रिडिजाइन गरेर ठूलो सफलता प्राप्त गरेका मेडिकल एक्सप्रेसले जनाएको छ । यसको अर्थ कोरोनाले जुन स्पाइक प्रोटिनको सहायतामा मानव कोशिकामा आक्रमण गर्छ वैज्ञानिकले उक्त प्रोटिनको रिडिजाइन गरेका छन् ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले अब भ्याक्सिन बनाउन धेरै सजिलो हुने दावी गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार धेरै कोभिड १९ को भ्याक्सिन क्यान्डिडेट कोरोना भाइरसको स्पाइक प्रोटिनलाई पहिचान गरेर संक्रमणविरुद्ध लड्ने इम्युन सिस्टम बलियो बनाउनेगरी अहिले काम भइरहेको छ । त्यसैले वैज्ञानिकहरुको यो अध्ययन अहिलेसम्मकै ठूलो सफलता भएको दावी गरिएको छ ।
साइन्स जर्नलमा प्रकाशित अध्ययनका अनुसार वैज्ञानिकहरुले स्पाइक प्रोटिनको नयाँ भर्जन तयार गरेका छन् । जसले सिन्थेटिक एस प्रोटिनको तुलनामा कोशिकामा १० गुणा धेरै उत्पादन गर्न सकिन्छ । अहिले बनिरहेका भ्याक्सिनमा धेरैजसोले सिन्थेटिक एस प्रोटिनको प्रयोग गरिएको छ ।
अमेरिकाको टेक्सस विश्व विद्यालयका प्रोफेसर एवं अध्ययनमा संलग्न प्रमुख वैज्ञानिक जेसन म्याकलेननले आफूहरुले लामो अध्ययनपछि यो कुरा पत्ता लगाएको बताए । उनले भने, ‘भ्याक्सिनका प्रकारको आधारमा प्रोटिनको यो बर्णशंकर एडिसन डोज कम गर्न सकिन्छ र भ्याक्सिनको उत्पादन गर्न छिटो हुनेछ ।’
नयाँ अध्ययनले ल्याबमा बनाउन सकिने प्रोटिनले भ्याक्सिन छिटो बनाउन र आम मानिसको पहुँचमा पुर्याउनका लागि सजिलो हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अनुसन्धानकर्ताले एस प्रोटिनका १ सय प्रकारका स्वरुपमा पहिचान गरिएको बताएका छन् । नयाँ अध्ययनले अब कोरोना परीक्षणका लागि पनि सजिलो हुनेछ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


