संक्रमित आमाहरुको दूधबाट कोरोना बिरामीलाई बचाउने तयारी

संक्रमित आमाहरुको दूधबाट कोरोना बिरामीलाई बचाउने तयारी

मेट्रो संवाददाता

१० भदौ २०७७ ६:०६

३० जना महिलाको ब्रेस्टमिल्कमा एन्टिबडी


एजेन्सी । विश्वका वैज्ञानिकहरु कोरोना महामारी विरुद्ध खोप, औषधी र विभिन्न उपचारको खोजीमा निरन्तर लागी परेका छन् । वैज्ञानिककाअनुसार चाँडै नै कोरोना संक्रमणको गतिलाई लगाम लाग्नेछ । कोरोनाको संक्रमितहरुको निको हुने आँकडा पनि धेरै नै बढिरहेको छ ।

अब आमाको दुधबाट कोरोनाको उपचार गर्ने भएका छन् । संक्रमित भएर निको भइसकेका महिलाहरुको दूधमा एन्टिबडी पाउन थालेपछि वैज्ञानिकहरु ब्रेस्ट मिल्कबाट कसरी कोरोना निको पार्ने भन्नेतिर लागेका छन् ।

कोरोनाबाट निको भइसकेका ३० महिलाहरुको ब्रेस्ट मिल्कमा कोरोना भाइरसको एन्टिबडी प्राप्त भएपश्चात डच वैज्ञानिकहरुलाई आशाको किरण जागेको छ ।

अब प्लाज्मा थेरापी जस्तै ब्रेस्ट मिल्कको प्रयोग गरेर कोरोना पोजिटिभ भएका बिरामीहरुको प्रतिरक्षा शक्ति बढाउन सकिनेछ । रिपोर्टका अनुसार कोरोना विरामीलाई बचाउन अब ब्रेस्ट मिल्कको उपयोग गर्ने भएको छ ।

वैज्ञानिकहरुले अध्ययनबाट ब्रेस्ट मिल्कमा भएको एन्टिबडी धेरै नै शक्तिशाली भएको बताएका छन् । यसले संक्रमितहरुको शरीरमा कोरोना भाइरसको विरुद्ध इम्युनिटी बढाउन सकिनेछ ।

एन्टिबडिको रुपमा प्रयोग हुने ब्रेस्ट मिल्कलाई आइस क्युब बनाएर कोरोना संक्रमित विरामीहरुलाई चुस्न दिए बिरामीको शरीर भित्रका सबै म्यूकस मेम्बरसमा एन्टिबडी पुग्नेछ ।

शरीरमा बाहरी भाइरसलाई रोक्ने काम म्यूकसले गर्छन् । जब यसलाइ एन्टिबडी प्रोटिन प्राप्त हुन्छ तब यसले कोरोना भाइरसको स्पाइकलाई शरीरभित्र प्रवेश गर्न रोक्ने छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता