हर्ड इम्युनिटी :  जब ७० प्रतिशत जनसंख्यामा भाइसरविरुद्ध प्रतिरोधात्मक क्षमता आउनेछ, तब स्वत भाइरस समाप्त हुनेछ

हर्ड इम्युनिटी : जब ७० प्रतिशत जनसंख्यामा भाइसरविरुद्ध प्रतिरोधात्मक क्षमता आउनेछ, तब स्वत भाइरस समाप्त हुनेछ

मेट्रो संवाददाता

१० भदौ २०७७ ८:३८

हर्ड भनेको मानिसको हुल, इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जब कुनैपनि रोगविरुद्ध धेरै मानिसहरुमा उक्त रोगको प्रतिरोधात्मक क्षमता विकास भयो भने तब हर्ड इम्युनिटीको विकास भएको मानिन्छ ।

काेराेना भाइरसले गर्दा सबैभन्दा चर्चाकाे शब्द इम्युनिटीकाे छ । जबसम्म काेराेना भाइरसकाे खाेप तयार हुन्दैन तवसम्म हामीले अाफ्नाे इम्युनिटी पावर बलियाे बनाइराख्नु पर्नेछ ।

हर्ड इम्युनिटी भनेकाे कुनै एउटा समुदाय वा क्षेत्रमा ७० प्रतिशत जनसंख्यामा कुनैप्रकारकाे भाइरससँग लड्न शरीरमा प्रतिराेधात्मक शक्ति बढाउनु हाे ।

जब हामी कुनैपनि भाइरसको सम्पर्कमा आउँछ भने हाम्रो शरीरले रगत र टिस्यूमा एन्टिबडि बनाउन थाल्छ । यी एन्टिबडि एक प्रकारको प्रोटिनजस्तै हुन्छ जसले भाइरसलाई फैलनबाट रोक्छ ।

डाक्टरका अनुसार जब ६० देखि ७० प्रतिशत कुनै एकै प्रकारको रोग लाग्यो भने त्यो समाजका मानिसहरुमा हर्ड इम्युनिटीको विकास हुन्छ । हर्ड इम्युनिटीको विकासपश्चात उक्त रोगसँग लड्न सक्ने इम्युन सिस्टम शरीरमा विकास हुन्छ । बाँकी ३० देखि ४० प्रतिशत समाजका मानिसहरु त्यसै सुरक्षित हुन्छ ।

कुनैपनि भाइरसलाइ जिउँदाे रहन एउटा शरीरकाे खाँचाे पर्छ । डाक्टर वा वैज्ञानिककाे भाषामा भन्ने हाे भने भाइरसलाइ एउटा नयाँ हाेस्ट चाहिन्छ । भाइरसले कमजाेर इम्युन भएकाे शरीर खाेज्दछ । कमजाेर इम्युन भएकाे मानिस फेला पार्याे की उसलाइ भाइरसले संक्रमित बनाउँछ । यदी धेरैजसाे मानिसहरूमा इम्युन पावर बढि भएमा भाइरसलाइ मानव शरीर पाउने छैन र केही समयपश्चात भाइरस अाफै नस्ट हुनेछ ।

हर्ड इम्युनिटी भाइरसको चक्रलाई टुक्रा पार्छ । यसले भाइरस फैलन नदिन मद्दत गर्छ । एउटा समाजमा हर्ड इम्यूनिटी सिर्जना भयो भने जसको इम्युनिटी पावर कमजोर हुन्छ उसको पनि सुरक्षा हुन्छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता