कागेश्वरी महादेव र कागे अष्टमी मेला

कागेश्वरी महादेव र कागे अष्टमी मेला

मेट्रो संवाददाता

११ भदौ २०७७ १:३३

हरेक भाद्र शुक्ल अष्टमीका दिन (महा अष्टमी भन्दा तिथि अनुसार ठिक एक महिना अगाडी) कागे अष्टमी मेला लाग्ने गर्दछ ।

कागे अष्टमीका दिन देशका बिभिन्न ठाउंबाट हजारौं तिर्थालुहरु राजधानी काठमाडौंको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा दर्शनका लागि पुग्ने गर्दछन् ।

कागेश्वरी महादेव



कागेश्वरी मेलामा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु त्यत्तिकै ठुलो संख्यामा जाने गर्दछन् । कागेश्वरी मेलामा ढ्याङ्गग्रे र विविध भेषभुषामा प्रस्तुत हुने झाँकी थप आकर्षणका रुपमा रहन्छन् । यसै दिन नेवार समुदायले लाखे नाच निकालिन्छ ।

कागेश्वरी मेलामा ढ्याङ्गग्रे र विविध भेषभुषामा प्रस्तुत हुने झाँकी ।



जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहांबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वरी महादेवलाई सो जल चढाएर ब्रत बिर्सजन गर्ने प्रचलन रहि आएको छ ।

कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता छ।

२२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति



हनुमानढोका दरबार परिसरमा पनि कागेश्वरी महादेवको मन्दिर रहेको छ । कायाअष्टमीको दिन कागेश्वरी मनेहरा, गागल शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वरी महादेब मन्दिरमा जान नसकेका श्रद्धालु भक्तजनहरु हनुमानढोकामा रहेको कागेश्वरी महादेवको मन्दिरमा दर्शनका लागि जाने गर्दछन् ।

हनुमानढोका दरबार परिसरमा रहेकाे कागेश्वरी महादेवको मन्दिर



धार्मिक मान्यताअनुसार कागले मानिसलाई छुँदा अशुभ मानिन्छ, कागको बिष्टा शरीरमा परेमा अनिष्ट हुनसक्छ र कागको मैथुन देखेमा अपशकुन लाग्छ भन्ने उक्ति विद्यमान रहेकाले सो प्रकारका दोषलाई कागदोष मानिन्छ र यस्तो कागदोषबाट मुक्ति पाउन वर्ष दिनभर कागदोष लागेका मानिस यहाँ आई स्नान गरेर कागेश्वर महादेवलाई जल चढाई पूजाआजा गरी अनिष्टता निवारण गराउँछन् ।

यस महादेवस्थानमा रहेको सेन पर्वत अर्थात् कागेश्वरी पहाड चढ्नाले मात्रै १० गाई दान गरे बापतको फल मिल्ने पुराणमा उल्लेख भएकाले यहाँको धार्मिक आस्थाको गरिमा अझ अटल रहन्छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको बताइन्छ ।
श्रीस्वस्थानी व्रतकथामा कागेश्वर महादेवको आराधनाको महत्वको व्याख्या गरिएको छ । सत्ययुगमा सतीदेवीको अङ्ग मुटु पतन भएर सेनपिठ उमादेवी अष्टबक्रायोगिनी कागेश्वर महादेव उत्पत्ति भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ ।

उक्त स्थानमा नवग्रह आएर अनेक तरहले पूजाआजा गर्दा महादेव प्रसन्न रही वरदान माग भन्नुभयो । तब नवग्रहले हामी मानवका जीवनमा आउने हरप्रकारका घटनाका उत्तरदायी बन्न सकौं र तिनका जीवनमा लाभ तथा हानि हाम्रो कारणले नै होस् भनी मागे र सो वरदान प्राप्त गरेकाले यहाँको महादेवको दर्शनले नवग्रह दशा शान्ति रही शुभफल मिल्ने मान्यता छ ।

यसैगरि अको कथनअनुसार सत्ययुगमा महादेब र पार्वती वनबिहार गर्न निक्लनुभयो । वनबिहार गर्दागर्दै महादेवले पार्वतीलाई छल गरि सेन पर्बत अर्थात यहि कागेश्वरी पहाडको गुफामा आई तपस्या गर्न थाल्नुभयो । एकाएक शिवजी अन्तरध्यान भएपछि चिन्तित पार्वतीले ध्यानदृष्ट्रिले पत्ता लगाए । पार्वतीले सेतो कागको रुप धारण गरि जल चुच्चाले च्यापि महादेवलाई चढाएपछि शिव भगवान खुशि भएर कागेश्वर भगवानको नाममा त्यस क्षेत्रमा विराजमान भएको हो ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।
यस पर्वका अवसरमा कागेश्वरी-मनाेहरा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।


शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता