कोभिड-१९ को सम्बन्धमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरेका कामकारवाहीको विवरण माग

कोभिड-१९ को सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरेका कामकारवाहीको विवरण माग

मेट्रो संवाददाता

१२ भदौ २०७७ १९:२५

काठमाडाैं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिकाे पहिलाे बैठक बसेकाे छ ।

संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा शुक्रबार बसेकाे ७ सदस्यीय उपसमितिको बैठकबाट आन्तरिक कार्यविधी, २०७७ छलफल गरि पारित भएको छ ।

कार्यविधिअनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गत देशभरि कोभिड १९ को सम्बन्धमा भइरहेका कामहरूको आवश्यक अनुगमन गरि समितिमार्फत निर्देशन दिनसक्ने छ ।

बैठकले आगामी अनुगमनका योजनाहरुका बिषयमा छलफल गर्दै अनुगमनमा जानुभन्दा अगाडि विभिन्न कागजात तथा बिवरणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट झिकाउने निर्णय गरेको छ ।

कार्यविधि अनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गतका देशभरिका सबै क्षेत्रहरुमा कोभिड १९ को सम्बन्धमा भै रहेका कामहरूको आवश्यक अनुगमन गरि समितीमार्फत निर्देशन दिनसक्ने छ ।

उपसमिति बैठकको निर्णय बमोजिम समिति सचिवालयले स्वास्थ्य मन्त्रालय सँग तीन दिनभित्रमा प्राप्त हुनेगरि अहिलेसम्म मन्त्रालयले कोभिड-१९ को सम्बन्धमा गरेका निर्णयहरु, जारी गरेका निर्देशिका तथा मापदण्डहरु , संचालनमा रहेका आइसोलेसन सेन्टर तथा पिसिआर ल्याबका बिबरण जस्ता कागजातहरुका लागि पत्राचार गरेको छ ।

माग गरेको विवरण प्राप्त भएपश्चात् उपसमितिको अर्को बैठक तत्कालै बसि आगामी अनुगमनको योजना तय गर्ने निर्णय गरिएको छ। बैठकमा संयोजक श्रेष्ठसँगै अञ्जना बिशन्खे, तिलबहदुर महत क्षेत्री, सरिता न्यौपाने, नमिता चौधरी, सन्तकुमार थारु र उपसमितिका अधिकृत अमित यादवको उपस्थितिमा रहेकाे थियाे ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता