मेट्रो संवाददाता
१ कार्तिक २०८२ १७:५०
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)को चियापान कार्यक्रममा अध्यक्ष दाहालले भने, “निर्वाचन संविधान र लोकतन्त्र जोगाउने सबैभन्दा सहज, समावेशी र राष्ट्रहित विकल्प हो। यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी र पत्रकारको सहकार्य जरुरी छ।”
उहाँले जेनजी आन्दोलनको भावना सम्बोधन गर्दै संविधान संशोधन प्रक्रिया अघि बढाउन नयाँ संसद तयार रहनुपर्ने औँल्याए। भदौ २३ गतेको आन्दोलनमार्फत युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरेको भन्दै अध्यक्ष दाहालले जेनजीलाई “क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी” भने।
माओवादी नेता वर्षमान पुनले पनि जेनजी युवाको चाहना र भावना सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन्।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


