पुरानो पार्टीले देश विगार्यो

पुरानो पार्टीले देश विगार्यो

केके मानन्धर

२२ मंसिर २०८१ १४:०५

भक्तपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला राजनीतिक दलले सिद्धान्तअनुसार काम नगर्दा देशको हालत बिग्रिएको आरोप लगाएका छन्। भक्तपुरको मध्यपुर थिमिमा आयोजित प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै परियारले ती दलले सिद्धान्तको पालना नगरेकै कारण बेरोजगारी, कुशासन र भ्रष्टाचार मौलाएको बताएका हुन्।

“विपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेसले हिँडेको भए नेपाली युवालाई विदेशिनुपर्दैन थियो। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद एमालेले लागू गरेको भए आज देशमा कुशासन र भ्रष्टाचारले जरा गाड्न पाउने थिएन,” परियारले भने।

पुराना दलको असफलताबाट वाक्क भएका जनताका लागि वैकल्पिक शक्तिका रूपमा रास्वपाको उदय भएको उनको दाबी थियो। उनले नातावाद, कृपावाद र परिवारवादमुक्त राजनीतिलाई रास्वपाले स्थापित गर्न खोजेको दाबी गर्दै यो अभियानलाई जनताको साथ आवश्यक रहेको उल्लेख गरे।

नयाँ सोचमाथि प्रहार
पार्टीका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले वैकल्पिक शक्तिमाथि अनावश्यक प्रहार भइरहेको भन्दै युवाहरू सचेत हुनुपर्नेमा जोड दिए। उनले सरकारको रवैया आलोचना गर्दै पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि दुःख दिने काम भइरहेको आरोप लगाए।

शान्तिपूर्ण आन्दोलनको आह्वान
संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले रास्वपाले शान्तिपूर्ण आन्दोलनबाट भ्रष्टाचार र कुशासनको विरोध गरिरहेको बताए। उनले ढुंगा-मुढा र तोडफोड नगरी शान्तिपूर्ण बाटोबाटै अघि बढ्न आग्रह गरे।

सांस्कृतिक योगदानको सम्मान
कार्यक्रममा संस्कृति र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका गणेशराम लाछि र जीवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई सम्मान गरियो।

कार्यक्रमपछि बन्दसत्रमार्फत रास्वपा भक्तपुरको नयाँ जिल्ला कार्यसमिति चयन हुने जानकारी गराइएको छ। कार्यक्रमको उद्घाटन रास्वपा मध्यपुर थिमि नगर सभापति न्हुछेरत्न मानन्धरले गरेका थिए।

शंखधर चोकबाट निकालिएको ¥याली निगुपुखू पुगेर सभा सम्पन्न भएको थियो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता