प्लाज्मा थेरापी बिधिबाट उपचरार्थ कोरोना संक्रमितकाे मृत्यु

प्लाज्मा थेरापी बिधिबाट उपचरार्थ कोरोना संक्रमितकाे मृत्यु

मेट्रो संवाददाता

१२ भदौ २०७७ ७:१६

रूपन्देहीमा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । बुटवलमा प्लाज्मा थेरापीबाट उपचारर्थ ७० वर्षीय महिलाकाे मृत्यु भएकाे हाे ।

रुपन्देहीकाे तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी उनकाे बिहीवाः १०ः३० बजे मृत्यु भएकाे अस्पतालका कोरोना फोकल पर्सनले पुष्टि गरेका छन् ।

उनीलाइ लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण मुक्त डा.साजन श्रेष्ठले दिएकाे रगतकाे प्लाज्मा थेरापीबाट उपचार भइरहेकाे थियाे ।

साउन २६ गते कोरोना पोजेटिभ भएकी उनीलाइ साउन ३१ गते अस्पतालमा भर्ना गरेकाे थियाे ।  उच्च रक्तचापकाे समस्या भएकी उनीकाे स्वास्थ्य अवस्था नाजुक हुनाले चारदिनदेखि भेन्टिलेटरमा राखी उपचार गरिरहेका थिए ।

केही दिनअघि मात्र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित विरामीहरुको उपचारका लागि प्लाज्मा थेरापी सुरु गरिएको हाे ।

यो विधिबाट कोरोना संक्रमित विरामीहरुको उपचारका लागि चिकित्सकले नै पहिलो पटक रगत दिएर शुरुवात गरेका थिए ।

कोरोना विशेष आईसोलेसन अस्पतालमा भेन्टिलेटरमा रहेकी उनीलाइ प्लाज्मा थेरापीबाट उपचार गर्नका लागि सोही अस्पतालमा कार्यरत चिकित्सकले नै रगत दिएका थिए ।

लुम्विनी प्रादेशिक अस्पतालमै कार्यरत चिकित्सकबाट रगत लिएर बुटवलकी ७० बर्षिय बिरामीको उपचार शुरु गरिएको कोरोना विषेश अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता