रचनाकार श्रेष्ठकाे ‘तिम्रो आँखा को भाकामा’ सार्बजनिक

रचनाकार श्रेष्ठकाे ‘तिम्रो आँखा को भाकामा’ सार्बजनिक

मेट्रो संवाददाता

१३ भदौ २०७७ ६:२१

काठमाडाैं । ओएसआर डिजिटलले ‘तिम्रो आँखाको भाकामा’ गीतको म्यूजिक भिडियो वल्र्ड प्रिमियर गरेको छ ।

रचनाकार डा. ध्रुब श्रेष्ठद्वारा लिखित तथा संगीतकार सुमन रंजीतकार द्वारा संगीतबद्ध, गायक सनुप पौडेल द्वारा स्वरबद्द तिम्रो आँखा को भाकामा गीतको म्युजिक भिडियो भदौ ११ गते बिहीवारका दिन वर्ल्ड प्रीमियर गरिएको हो ।
पेसाले चिकित्सक रेहका यस गीतका रचनकार डा। ध्रुब श्रेष्ठ वरिष्ठ बालरोग विशेषज्ञ हुन्।

म्युजिक भिडियोमा रचनाकार श्रेष्ठ र धर्म पत्नी सरु बुढाथोकिलाई मुख्य भुमिकामा देख्न सकिन्छ भने यसको कथावस्तु उनीहरुकै वास्तविक कथामा आधारित भएर निर्माण गरिएको बताए।

यस गीतको रचनाको इतिहास सम्बन्धमो यसको लेखन खास गरेर केही बर्षअघि आफ्नो जीवन संगीनीलाई आफ्नो प्रेम ब्यक्त गर्न कबिताको रुपमा रचिएको श्रेष्ठल बताए ।

गायक सनुप पौडेलले यस गीतलाई आफ्नो स्वर दिएपछि आफ्नो कबिताले जिवन्तता पाएको रचनाकार श्रेष्ठले बताए ।

‘मैले सोचे जस्तै शास्त्रीय र पुर्वीय संगीतको फ़्युजनसहित एरेञ्जर बिबेक शाक्यले संगीत सम्योजन पृथक स्वाद दिन मेहनत गर्नु भएको छ जस्ले गर्दा गीत सुन्दा केही फरक महसुस अवस्य हुन्छ’, संगीतकार सुमनले भने ।

रचनाकार ध्रुब श्रेष्ठ र संगीतकार सुमन रंजीतकार र संगीत संयोजक बिबेक शाक्य भक्तपुर संगीतिक समाजसँग आबद्ध छन् । यस म्युजिक भिडियोलाई निर्देशन जिवन आचार्यले गरेको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता