सम्पदा निर्माण, पुनर्निर्माण तथा संरक्षणका लागि महानगरले लगानी गर्छ — प्रमुख शाक्य

सम्पदा निर्माण, पुनर्निर्माण तथा संरक्षणका लागि महानगरले लगानी गर्छ — प्रमुख शाक्य

मेट्रो संवाददाता

६ वैशाख २०७८ १६:२४


लखतीर्थ प्रवेश मुल ढोकामा गजुर प्रतिस्थापन, चपाचोको शिलान्यास


काठमाडौँ । महानगर क्षेत्रभित्र भएका सम्पदाको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि महानगर आफैँले लगानी गर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

पुनर्निर्माण भइरहेको लखतीर्थमा आइतबार मुल प्रवेश द्वारको गजुर प्रतिस्थापन तथा चपाचो शिलान्यास समारोहमा प्रमुख शाक्यले भन्नुभयो, ‘यहाँ काम गर्नेभन्दा काम गरेको देखाएर जीविका चलाउनेको संख्या धेरै भयो । सरकारले गरेका काममा सहयोग गर्नु सरोकारवालाको दायित्व हो । व्यक्तिगत लाभका लागि देखिने स्वार्थ समूहलाई निरुत्साह गर्दै लानुपर्छ । ’

‘महानगरक्षेत्रभित्र भएका जति पनि सम्पदाको काम छ । त्यसको मर्मत गर्नु छ वा पुननिर्माण, हामी बनाएर त्यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीय गुठी वा समाजलाई हस्तान्तरण गर्छौँ । लगानी हाम्रो जिम्मा । त्यसको अपनत्वका लागि उपभोक्ताको सहभागिता भए मात्र पुग्छ ।’, प्रमुख शाक्यले भन्नुभयो ।

नदी सभ्यता जोगाउन विष्णुमती नदी किनारामा पार्क बनाउने काम हाम्रो प्राथमिकतामा छ । यसलाई कुनै वडाको एकल कार्यक्रमभन्दा नदीले छुने सबै वडाको संयुक्त कार्यक्रम भनेर बुझ्नुपर्ने प्रमुख शाक्यको भनाइ थियो ।

त्यस क्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, लखतीर्थ पुननिर्माण कार्य स्थानीयले गर्व गर्न लायक काम भएको उल्लेख गर्नुभयो । आफ्नै स्रोतमा महानगरका सम्पदा जोगाउने नीतिअनुरुप काम भइरहेको डंगोलको भनाइ थियो ।


स्वीकृत गुरुयोजनाअनुसार अनुमान गरिएको लखतीर्थ पुननिर्माणको रकम महानगरले व्यहार्ने भएको छ । अहिले यसका लागि करीव ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । जसमा करीब ५५ लाख रुपैयाँ महानगरले उपलब्ध गराइसकेको छ ।

लख तीर्थ शंखधर साख्वासँग सम्बन्धित स्थान हो । यही लख तीर्थबाट उठाएको बालुवामा सुन भेटेपछि सुन बेचेर किसानको ऋण तिरिदिएका थिए भन्ने बिश्वाश छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता