मेट्रो संवाददाता
१७ वैशाख २०७८ १३:३७
काठमाडाैं, वैशाख १७ / कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे ।
नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले नेतृत्व गरेको टोलीमा जिल्ला प्रहरी प्रमुख डीएसपी देवेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलका अधिकारी सहभागी थिए ।
चीनले केरुङ अध्यागमन प्रशासन प्रहरी कार्यालयका प्रमुख एसएसपी हाओ जुहाइ र डीएसपी इयाङ चाङ सहितको टोलीले छलफलको नेतृत्व गरेको थियो ।
छलफलमा सीमा आवागमन र सिमानाका बिषय सहित नेपालले कोभिड–१९ का बिरुद्ध गरिरहेको कारबाहीमा केन्द्रीत रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी ढकालले चिनियाँ पक्षले नेपालमा बढदो संक्रमणमा चिन्ता ब्यक्त गर्दै भइरहेका काम कारबाहीका बिषयमा चासो ब्यक्त गरेको बताए । उनले आफुहरुले गरिरहेका र भइरहेका काम कारबाहीका बिषयमा चिनियाँ पक्षलाई जानकारी गराएको बताए ।
‘महामारीकाबीच समकक्षीहरुसँगको भेट त्यही बिषयमा केन्द्रीत थियो,’ प्रजिअ ढकालले भने, ‘सहयोग आवश्यक भएमा जानकारी गराउन चिनियाँ पक्षले अनुरोध गरेको थियो ।’
छलफलमा सहभागी सुरक्षा अधिकारीका अनुसार चिनियाँ पक्षले विशेष गरि कोभिड खोप यातायात मजदुर र ब्यापारमा संलग्नहरुलाई उपलब्ध भए नभएको बिषयमा बिशेष चासो राखेका थिए ।
-पर्दाफास
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


