सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

मेट्रो संवाददाता

२३ वैशाख २०७८ १८:३५

सांसद जीवनरामबाट ५० बेड क्षमताको आइसोलेशन तयार, कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन

काठमाडाैं, वैशाख २३ ।

कोरोना भाइरस (कोभिड-१९)काे दास्राे लहरबाट बच्न काठमाडाैं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हाे ।

कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्। काठमाडौं उपत्यकामा कोरोनाको दोस्रो लहरमा संक्रमण तीव्र गतिमा फैलिँदै गएकोले आफ्नो निर्वाचन क्षेत्रमा कोभिड महामारीबाट बच्न सचेतना कार्यक्रम संचालन गरेकाे उनले बताए ।

कोरना भाइरसबारे सचेतना जगाउँदै चमति, तल्लो विजेश्वरी र मखनटोल गरेर तीन हजार मास्क तथा सावुन वितरण गरिएको छ । यसलाई निरन्तरता दिने संघीय सांसद जीवनराम श्रेष्ठले बताए ।

‘कोभिडबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नारा दिइ श्रेष्ठले मास्कको साथमा हात धुने साबुन सर्वसाधारणको घरदैलोमा गई वितरण गरेका हुन् ।

कोरोना संक्रमणको पहिलो लहरको दौरान पनि सांसद श्रेष्ठले आफ्नो क्षेत्रभित्र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेटेर पौष्टिक खानेकुराहरु वितरण गरेका थिए ।

‘कोरोना संक्रमण दर तीव्ररुपले बढेकोले यसबाट बच्न र बचाउन मास्क र साबुन वितरण गरी सचेतना कार्यक्रम सुरु गरेका छौं ।’ श्रेष्ठले भने ।

नेपाल सरकारले डाक्टर र नर्सको व्यवस्था गरिदिएको खण्डमा ५० बेडको आइसालेसन तयारी अवस्थामा रहेकेा श्रेष्ठले बताए । श्रेष्ठले काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवन प्रयोग गरी ५० बेड क्षमताको आइसोलेशन निर्माण गरेका हुन् ।

पवित्र स्वयम्भू क्षेत्रमा खुल्ला वातावरणमा आइसोलेशनमा यथेष्ठ खुल्ला क्षेत्र भएका कारण आइसोलेशनमा बस्ने व्यक्ति कोठामा मात्रै बस्नु पर्ने अवस्था नरहने सांसद श्रेष्ठले बताए ।

सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ प्रयोग गरेर काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गरेका हुन् ।

मास्क तथा साबुन वितरण कार्यक्रममा १५ वडाका वडाध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, सदस्य निमा घ्याम्चो, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन र अनिता परियारको पनि उपस्थिती थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता