भीम तुलाधरको ‘दोष’ सार्वजनिक

भीम तुलाधरको ‘दोष’ सार्वजनिक

मेट्रो संवाददाता

१९ जेठ २०७८ १५:४९


काठमाडाैं, जेठ १९ ।

नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा नेपालमै पहिलो पटक जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीतको प्रिमियर भएको दावी गरिएको थियो । म्यूजिक भिडियो गायक तुलाधरकै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।


कार्यक्रममा बोल्दै पप सम्राट विष्टले ‘दोष’ गीतको अडियोको साथमा म्यूजिक भिडियोसमेत निकै उत्कृष्ट बनेको विचार राख्दै सफलताको शुभकामना दिनुभयो । नेपाली पप संगीत क्षेत्रको स्तर कायम राखीराख्न तुलाधरको ठुलो योगदान रहेको चर्चा विष्टले गर्नुभयो ।


गायक तुलाधरले आफुले निकै मेहनत लगाएर गीत बनाएको जानकारी दिँदै अब गीतको मूल्याङ्कनको जिम्मा दर्शक र श्रोतालाई दिएको बताउनुभयो । ‘हाम्रै नेपालभित्र सुटिङका लागि थुप्रै राम्रा, मनमोहक स्थानहरु छन् । हामीले यस्तै आकर्षक, मनमोहक ठाउँहरु खोजी खोजी गीतको भिडियो तयार गर्यौं’, तुलाधरले भन्नुभयो, ‘हामीले नेपालको प्रकृतीलाई चिन्न सक्नुपर्छ ।’

म्यूजिक भिडियोको परिकल्पना बनाउनुका साथै निर्देशन रवि सायमिले गरेका छन् । भवानी शिलाकारको छायाङ्कन निर्देशनमा ड्रोन पाइलट प्रशन्न महर्जनले ड्रोन चलाएका छन् । मोडलद्वय निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले आफ्नो अभिनयको प्रतिभा प्रस्तुत गरेका छन् । २०४८ सालमा पहिलो पटक जिजिविषा एल्बममा प्रकाशन हुँदा भुपालमान सिंहले अरेंज गरेको यो गीतलाई अहिले भुपेन्द्र बज्राचार्यले रिएरेज गरेका छन् ।


जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा गायक तथा गितारिस्ट ज्योति घिमिरे, जेम्स प्रधान, संजय श्रेष्ठले गीत निकै उत्कृष्ट बनेको भन्दै सफलताको शुभकामना दिए । म्यूजिक भिडियोको संवादमा एक समय हिट्स एफ. एम. का चर्चित आर.जे.हरु रवि श्रेष्ठ र रीता लिम्बुको साथमा भक्तपुर एफ. एम.की आर.जे. प्रतिना राई र चर्चित गायक जेम्स प्रधानसमेतले आवाज दिएका छन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता