मेट्रो संवाददाता
२५ जेठ २०७८ १३:३५
विश्वमा धुम्रपान गर्नेको संख्या ठूलो छ । एक सर्वेक्षणका अनुसार विश्वका करिब १ अरब ३० करोड मानिसले धूम्रपान तथा सुर्तीजन्य पदार्थहरुको सेवन गर्दछन् ।
अफ्रिकाका २९ प्रतिशत पुरूष तथा ४ प्रतिशत महिलाले चुरोट पिउँछन् । अमेरिकाका ३५ प्रतिशत पुरुष तथा २२ प्रतिशत महिलाले चुरोट पिउँछन् ।
यूरोपका ४६ प्रतिशत पुरूष तथा २६ प्रतिशत महिलाले चुरोट पिउँछन् । दक्षिण एसियाका ४४ प्रतिशत पुरूष तथा ४ प्रतिशत महिलाले चुरोट पिउँछन् भने नेपालका ४९ प्रतिशत पुरूष तथा २९ प्रतिशत महिलाले चुरोटबिँडी पिउँछन् ।
२०६९ सालको तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनबाट ४४ जनाको ज्यान जाने गर्दछ । र, यस्ता पदार्थको सेवनका कारण उत्पन्न हुने रोगका कारण उपचारमा वार्षिक १६ अर्व रुपैयां खर्च भइरहेको छ । वास्तमा यो आँकाडा निकै डरलाग्दो हो ।
धुम्रपान के हो ?
साधारण शब्दमा सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुलाई धुम्रपान गर्नु भनिन्छ । धुम्रपानमा प्रयोग हुने प्रमुख पदार्थ भनेको नै सुर्ती हो । सुर्ती निकोटियाना प्रजातिको घाँसे बिरुवा हो । सुर्तीको पातलाई सुकाएर नशाको रुपमा प्रयोग गर्ने प्रचलन प्राचिनकालदेखिको हो । सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोग विधिलाई धुम्रयुक्त र धुम्ररहित गरी दुई वर्गमा बाँडिएको छ । चुरोटबिँडी, चिलिम, सिगार तथा हुक्का जस्ता सुर्तीको प्रयोग विधि धुम्रपानीय विधि हुन भने सुर्ती, खैनी, पान, गुट्खा, पानमसला, क्रिमयुक्त सुर्ती, सुर्ती भिजाएको पानी तथा सुर्तीमिश्रित अन्य पदार्थको सेवन चाही धुम्रपानरहित सेवनका विधि हुन् । नेपालमा यि दुवै विधिद्धारा सुर्तीको सेवन गर्ने गरिन्छ ।
धुम्रपानको लत
धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन शुरु गर्दा प्रायः कसैले पनि जिन्दगीभरि सेवन गर्छु भने शुरु गर्दैनन् । तर यसको सेवन गर्न थालेपछि निकोटिनले मानिसलाई मोहनी लगाउँछ र मानिस धुम्रपानको लत फस्छ । निकोटिन लिने बानी परेपछि शरीरले सदैव निकोटिन खोजिरहन्छ । धुम्रपान गरेको ५ सेकेण्डभित्र निकोटिन मस्तिष्कमा पुग्छ, अनि त्यसको गहिरो प्रभाव २५ मिनेटमै सकिन्छ । प्रभाव सकिने बित्तिकै शरीरले पुनः थप मात्रा माग्छ, त्यो भनेको फेरि धुम्रपान गर्न मन लाग्नु हो । यसरी धुम्रपान गर्न थालेको १ महिनामा निकोटिन लिने बानी बस्छ । त्यसपछि शरीरले छिनछिनमा निकोटिन खोजिराख्छ । परिणाम स्वरुप व्यक्ति धुम्रपानको अम्मली बन्न पुग्दछ ।
धुम्रपान र स्वास्थ्य
धुम्रपानले आर्थिक समस्या निम्त्याउनुको साथै अनेक स्वास्थ्य समस्याहरु पैदा गर्छ । चुरोटले चुरोट पिउने व्यक्तीलाई मात्र हानी गर्दैन कि चुरोट पिउनेको साथ रहनेहरूलाई समेत हानी पु¥याउँछ । एक अध्ययनका अनुसार धुम्रपान गर्ने व्यक्तिले तान्ने चुरोटको धुवाँ (मेनस्ट्रीम स्मोक) र धुम्रपान नगर्ने, तर धुम्रपान गर्नेहरूका साथ रहनेहरूले सास फेर्दा लिने धुवाँ (साइडस्ट्रीम स्मोक)को दुष्प्रभाव समान भेटियो । चुरोट–बीँडीमा दुई प्रकारका प्रमुख विषालु तत्वहरू, निकोटिन र कार्बन मनोक्साइड हुन्छन् । यी तत्वहरूले शरीरलाई थुप्रै हानी–नोक्सानी पु¥याउनको साथै रगतमा नोरेड्रिनालीन जस्ता रसायनहरूको मात्र बढाउँछन् । एक प्रयोगका अनुसार दुईवटा चुरोट पिउँदा ८–१० मी.मी. रक्तचाप वृद्धि हुन्छ भने त्यो वृद्धि १६ मिनेटसम्म रहिरहन्छ । बे्रन स्टो«कको एउटा प्रमुख कारण धुम्रपान नै हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले अनेक प्रकारका स्वास्थ्य समस्याहरु पैदा गर्न सक्छ । मुख, गिजा, सासनली तथा फोक्सोको क्यान्सर, ल्युकेमिया, पेट, मृगौला, प्यानक्रियाज, आन्द्रा, मुत्रथैली र पाठेघरको क्यान्सरको सम्भावना बढाउँछ । त्यस्तै मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग, स्ट्रोक, अन्धोपन, गिजा सुन्निने, दमखोकी, न्युमोनिया, अनिद्रा, अपच तथा मानसिक रोगहरुको खतरा बढेर जान्छ । गर्भवतीले धुम्रपान गरेमा अपांग तथा मृत बच्चा जन्मने सम्भावना रहन्छ ।
धुम्रपानबाट मुक्तीः
धुम्रपानको सेवनबाट कुनै लाभ नहुने र यसले असरै असर मात्र गर्ने हुनाले धुम्रपानको सेवन नगर्नु तथा सेवन गर्ने तुरुन्त यसलाई छोड्नु नै बुद्धिमानी हुन्छ । धुम्रपानको सेवनबाट के कस्ता स्वास्थ्य समस्याहरु देखा हुन्छन्, यसले कसरी पारिवारिक, सामाजिक तथा आर्थिक समस्या पैदा गर्छ र यसको लत कसरी बस्छ भन्ने कुरा जानकारी भएको खण्डमा यसबाट मुक्त हुन सकिन्छ । हो, धुम्रपानको लतबाट मुक्ती पाउन गाह्रो भएता पनि असम्भव छैन । कतिपय मानिसले आफैं धुम्रपान छोडेको उदाहरणहरु पनि देख्न सकिन्छ । तर, धुम्रपान तथा सुर्तीजन्य पदार्थहरु छोड्न दृढसंकल्पको आवश्यकता पर्छ । यस्ता पदार्थहरु छोड्दा टाउको दुख्ने, जिउ काप्ने, छटपटि लाग्ने, औडाहा हुने, चक्कर लाग्ने, पसिना आउने, छाती तथा पेटमा भारीपन बढ्ने, निद्रा नलाग्ने, आत्तिने, टोलाउने, स्मरणशक्ति ह्रास हुने आदि जस्ता लक्षणहरु देखा पर्न सक्छन् । यस्ता लक्षणहरु देखिनासाथ अम्मलीले पुनः यस्ता पदार्थहरु सेवन गर्न थाल्छन् । त्यसैले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्ती प्राप्त गर्न मनोचिकित्सकको परामर्श लिनु उचित हुन्छ । मनोचिकित्सकले विभिन्न किसिमका मनोवैज्ञानिक तथा व्यावहारिक पद्धति तथा औषधिद्धारा मानिसलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुक्त पार्न महत्वपुर्ण भुमिका निभाउँछन् ।
पुछारमा
एक जना चुरोटको अम्मली चुरोट कसरी छोड्न सकिन्छ भन्ने परामर्श लिन मनोचिकित्सककहाँ गएछन् र सोधेछन्, ‘डा. साब, कति कोशिश गरें तर चुरोट छोड्न सकिनँ । चुरोट छोड्ने कुनै उपाय छ ?’ ‘उपाय छ । एकदम सरल उपाय छ । एक पटक तपाईंले कसरी चुरोट पिउनु हुन्छ, देखाउनुहोस् त ?’ मनोचिकित्सकले भनेछन् । अनि उसले चुरोट सल्काएर पिउन थालेछ । त्यो देखेर मनोचिकित्सकले पुनः भनेछन्ः ‘औंलाले त्यसरी च्यापेपछि कसरी छुट्छ र चुरोट ? एक पटक औंला धोल्लो बनाउनुहोस् त ।’ उनले चुरोट च्याप्पेको औंला धोल्लो बनाए, चुरोट भुइँमा खस्यो । मनोचिकित्सक मुसुक्क हाँस्दै भने, ‘छुट्यो कि छुटेन चुरोट ?
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


